images

२०८३ आश्विन १८ गते

images
images
images

विराट हेल्थकेयरले एकै वर्ष गर्‍यो ४५ करोडको व्यापार

विराट हेल्थकेयरले एकै वर्ष गर्‍यो ४५ करोडको व्यापार

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • काठमाडौं । विराट हेल्थकेयर इन्डष्ट्रिजले एकै वर्ष ४५ करोड रुपैयाँको व्यापार गरेको छ । सन् २०२४ मा ३६ करोड २० लाख रुपैयाँ कारोबार गरेको कम्पनीले सन् २०२३ मा ९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।कम्पनीकाअनुसार गत आर्थिक वर्षमा सन् २०२४ को तुलनामा २४ प्रतिशतले बढेको छ ।कम्पनीले गत आवमा २.५६ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ९.९७ प्रतिशत नाफा कमाएको थियो ।

    images
    images

    सन् २०२१ मा स्थापना भएको कम्पनीले हेल्थ र हाइजीन सामग्री जस्तै स्यानिटरी प्याड, सर्जिकल मास्क, ग्लोब्स, बेबी डाइपर, एम्जामिनेसन ग्लोब्स, डिस्पोजेबल मास्क, एडल्ट डाइपर, सर्जिकल क्याप उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।कम्पनीले उत्पादन गरेको वस्तुहरु ह्वाइट मुन स्यानिटरी प्याड, विराट टुलिप ग्लोब्स, बेबी मुन डाइपर एन्ड विराट टुलिप एडल्ट डाइपर ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

    कम्पनीले कारोबार गरेकोमध्ये ८४ प्रतिशत कच्चा पदार्थको हिस्सा रहेको छ ।कम्पनीले आफ्नै डाइपर उद्योग निर्माण गरिरहेको छ । उक्त उद्योग निर्माणको अन्तिम चरणमा छ ।ज्ञानेन्द्रमान सिंह कार्की अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ ।कम्पनीले दीर्घकालीन कर्जाका लागि ४६ करोड ३६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ३ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend