images

२०८३ आश्विन १८ गते

images
images
images

एक वर्षमा पोखराको अतिथि रिसोर्टले गर्‍यो १२ करोडको व्यापार

एक वर्षमा पोखराको अतिथि रिसोर्टले गर्‍यो १२ करोडको व्यापार

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • काठमाडौं । पर्यटकीय नगरी पोखरामा रहेको अतिथि रिसोर्ट र स्पाले एकै वर्ष करिब १२ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ११ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।सन् २०२४ मा ९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ९ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।सन् २०११ मा स्थापना भएको कम्पनीले पोखरामा चारतारे रिसोर्ट सञ्चालन गर्दै आएको छ ।

    images
    images

    कम्पनीले ५० वटा कोठाको सुविधासहित होटल सञ्चालन गर्दै आएको हो ।कम्पनीले कन्फरेन्स हल र अन्य सुविधा रेष्टुरेन्ट, जीम एन्ड हेल्थ क्लब, स्वीमिङ पुल र स्पाको सुविधा दिँदै आएको छ ।गत आवमा ५८ प्रतिशत अकुपेन्सी क्षमतामा सञ्चालन भएको कम्पनीले जनाएको छ ।कम्पनीका लगानीकर्ताले रिसोर्ट मात्रै नभएर लक्जरियस अपार्टमेन्ट पनि सञ्चालन गरिरहेका छन् । उक्त अपार्टमेन्ट अतिथि सुइट प्रालिमा सञ्चालन भइरहेको छ ।

    कम्पनीले सो अपार्टमेन्टको २० युनिट ग्राहकको मागअनुसार सञ्चालनमा ल्याउने योजना बनाएको छ । २० युनिटमध्ये ४ वटा भने अधिग्रहण गरिसकेको छ । बाँकी युनिट पनि छिट्टै अधिग्रहण गर्ने जनाएको छ ।कम्पनीकाअनुसार सो अपार्टमेन्ट अधिग्रहण गर्न ५० करोड रुपैयाँ लगानी हुने छ । उक्त अधिग्रहणका लागि १० करोड १० लाख रुपैयाँ कर्जा लिई लगानी गर्ने कम्पनीको तयारी छ ।कम्पनीका लगानीकर्ताले अपार्टमेन्ट अधिग्रहणका लागि २५ करोड ४० लाख रुपैयाँ लगानी गरिसकेका छन् । कम्पनीका अध्यक्ष मोतीप्रसाद पौडेल हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend