images

२०८३ आश्विन १८ गते

images
images
images

एसआर फुडले एकै वर्ष गर्‍यो २ अर्बको व्यापार, नाफा कति ?

एसआर फुडले एकै वर्ष गर्‍यो २ अर्बको व्यापार, नाफा कति ?

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौं । एसआर फुडले एकै वर्ष पौने २ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ७३ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।कम्पनीले सन् २०२४ मा १ अर्ब ५३ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब २२ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा ९३ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा ७९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

    images
    images

    सन् २०२४ को तुलनामा सन् २०२५ मा १३ प्रतिशतले व्यापार बढेको कम्पनीले जनाएको छ । कम्पनीले नाफा पनि रिबाउन्ड हुँदै आएको जनाएको छ । कम्पनीले गत आवमा ६.२ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ४.८ प्रतिशत मात्रै नाफा कमाएको थियो ।सन् २०१२ मा स्थापना भएको कम्पनीले गहुँको पिठो, कोदोको पिठो, सुजी र चोकर उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । रुपन्देहीको पदास्रीमा उद्योग रहेको कम्पनीम सिताराम उप्रेतीको सबैभन्दा बढी स्वामित्व रहेको छ । कम्पनीमा उनको ३० प्रतिशत स्वामित्व छ । बाँकी हिस्सा अन्य ५ जनासँग रहेको रेटिङमा उल्लेख छ ।

    कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९२ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २१ करोड ८० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७१ करोड रुपैयाँको रेटिङ गराएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend