images

२०८३ आश्विन १७ गते

images
images
images

CG Elex को जाडो र NPL सिजन लक्षित EMI तथा Exchange अफर सार्वजनिक

CG Elex को जाडो र NPL सिजन लक्षित EMI तथा Exchange अफर सार्वजनिक

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौं । CG Electronics अन्तर्गतको CG Elex ले जाडो याम र NPL क्रिकेट सिजनलाई लक्षित गर्दै EMI तथा Exchange सुविधा समेटिएको नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार, पुराना उपकरण साट्दा उच्च मूल्यांकन (High Valuation) प्राप्त हुनेछ भने नयाँ उपकरण EMI मा खरिद गर्दा दैनिक रु. 45 बाट सुरु हुने किस्ता सुविधा उपलब्ध हुनेछ।अफरमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, डिस्वासर, कुकिङ रेनज, चिम्नी लगायतका प्रमुख घरायसी उपकरण समेटिएका छन्। क्रिकेट सिजनलाई ध्यानमा राख्दै 4K Smart TV सहितका विभिन्न मोडेलमा विशेष EMI र Exchange सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ।

    images
    images

    43 इन्चभन्दा ठूला Smart TV खरिद गर्ने ग्राहकले रु. २,२०० मूल्य बराबरको NetTV ९ महिनाको निःशुल्क सब्स्क्रिप्शन प्राप्त गर्नेछन्। समावेश ब्रान्डहरूमा LG, CG Inspiring, CG Meridia, Godrej, TCL, Burly, Kent RO, Midea, Beko, Black+Decker, Elica, Sensei र Crompton रहेका छन्।कम्पनीका अनुसार, पुराना उपकरण ल्याएर साट्दा बजार–अनुसारको उच्च मूल्यांकन प्राप्त हुन्छ र सो मूल्यांकन प्रत्यक्ष रूपमा नयाँ उपकरणको खरिदमा समायोजन गरिन्छ।

    ग्राहकहरूले CGelex.com मा गएर आफ्नै पुरानो उपकरणको Valuation स्व–रूपमै अनलाइन चेक गर्न सक्ने सुविधा उपलब्ध छ। वेबसाइटबाटै तुरुन्तै कति मूल्यांकन आउँछ भन्ने थाहा पाइने भएकाले, निर्णय प्रक्रिया अझ छिटो र पारदर्शी हुने कम्पनीले जनाएको छ।EMI सुविधालाई एक कदम अझ सहज बनाइएको छ। CG Elex ले Jagadamba Hire Purchase सँगको Tie-up मार्फत “नागरिकता भए पुग्छ” सेवा उपलब्ध गराएको छ, जसअनुसार EMI लिन ग्राहकलाई guarantor को आवश्यक पर्दैन—नागरिकता भए पुग्छ। EMI स्वीकृति छिटो हुने र प्रक्रिया झनै सरल बनाएको कम्पनीको दाबी छ।जाडोमा बढी प्रयोग हुने गिजर, हीटर, वासिङ मेसिन लगायतका उपकरणमा पनि EMI सुविधा लागू गरिएको छ। त्यस्तै, डिस्वासर, कुकिङ रेनज, चिम्नी लगायतका किचन उपकरणमा EMI तथा Exchange दुवै सुविधा उपलब्ध छन् ।

    images
    images

    देशभरका CG Digital, LG Brand Shop शो–रुम, CG Electronics का अधिकृत डिलर नेटवर्क तथा cgdigital.com.np मार्फत यो अफर उपलब्ध हुनेछ। धेरैजसो मोडेलमा निःशुल्क Delivery तथा निःशुल्क Installation सेवा पनि गराइने जानकारी कम्पनीले दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend