images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • नेपाल प्रहरीले कात्तिकमा संकलन गर्‍यो करिब...

नेपाल प्रहरीले कात्तिकमा संकलन गर्‍यो करिब २५ करोड राजस्व

नेपाल प्रहरीले कात्तिकमा संकलन गर्‍यो करिब २५ करोड राजस्व

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौं । नेपाल प्रहरीले कात्तिकमा २४ करोड ८५ लाख १४ हजार ५६४ रुपैयाँ राजस्व दाखिला गरेको छ ।नेपाल प्रहरीले जारी गरेको तथ्यांक अनुसार मुलुकभरका विभिन्न ठाउँबाट गरेर कुल २४ करोड ८५ लाख १४ हजार ५६४ रुपैयाँ राजस्व दाखिला गरेको जनाएको हो ।प्रहरीका अनुसार अदालती फैसलामा ६ करोड ९६ लाख ७१ हजार ४४२ रुपैयाँ राजस्व दाखिला गरेको हो । ट्राफिक प्रहरीले कारबाहीसहित ४ करोड ९७ लाख ४५ हजार ६६१ रुपैयाँ, अवैध सुनचाँदी बरामदबाट ३४ लाख ९७ हजार ९१९ रुपैयाँ दाखिला गरेको प्रहरीले जनाएको छ ।

    images
    images

    त्यस्तै अवैध मालसामान बरामद १० करोड ८४ लाख ७ हजार ६२५ रुपैयाँ, स्रोत नखुलेको रकम १ करोड ३५ लाख ८४ हजार ३५० रुपैयाँ, अवैध नदीजन्य पदार्थ उत्खननबाट ११ लाख ४० हजार ८३० रुपैयाँ र अवैध काठ बरामदबाट १० लाख ३ हजार ३८७ रुपैयाँ राजस्व दाखिला गरेको हो ।त्यसैगरी, अवैध पशुपंक्षीबाट १३ लाख ५५ हजार ९५० रुपैयाँ र अवैध मुद्रा बरामद १ लाख ७ हजार ४ सय रुपैयाँ राजस्व दाखिला गरेको प्रहरीले उल्लेख गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend