images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • मोबाइल एप बनाउन चाहनेहरूका लागि निःशुल्क...

मोबाइल एप बनाउन चाहनेहरूका लागि निःशुल्क ‘फ्लटर बुटक्याम्प’ हुँदै

मोबाइल एप बनाउन चाहनेहरूका लागि निःशुल्क ‘फ्लटर बुटक्याम्प’ हुँदै

images
images
शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • काठमाडौँ । आईटी क्षेत्रमा करियर बनाउन चाहने र मोबाइल एप डेभलपमेन्टमा रुचि राख्नेहरूका लागि ‘स्किल शिक्षा’ले दुई दिने निःशुल्क ‘फ्लटर बुटक्याम्प २.०’ आयोजना गर्ने भएको छ । पहिलो संस्करणको सफलतापछि संस्थाले आगामी १८ र १९ मङ्सिरमा यो बुटक्याम्प सञ्चालन गर्न लागेको हो ।यो कार्यक्रम पूर्ण रूपमा निःशुल्क हुनेछ । सहभागीहरूले शंखमुलस्थित स्किल शिक्षाको कार्यालयमा भौतिक रूपमा उपस्थित भएर वा अनलाइन माध्यमबाट पनि बुटक्याम्पमा सहभागी हुन सक्नेछन् ।

    images
    images

    के के सिकाइन्छ ?

    यो ‘इमर्सिभ’ बुटक्याम्पमा सहभागीलाई ‘ह्यान्ड्स-अन लर्निङ’ अनुभव प्रदान गरिने कम्पनीले जनाएको छ । अनुभवी डेभलपर स्यामुएल थापा मगर र अन्य विज्ञहरूले प्रशिक्षण दिने कार्यक्रममा फ्लटरको आधारभूत ज्ञानदेखि वास्तविक वर्कशप कम्पोनेन्ट बनाउनेसम्मका सीप सिकाइने छ ।पाठ्यक्रममा फ्लटर विजेट्स प्रयोग गरी रेस्पोन्सिभ र आकर्षक यूआई डिजाइन गर्ने, स्टेट म्यानेजमेन्ट, क्लिन कोडको अभ्यास, समस्या समाधानका लागि डिबगिङ टेक्निक तथा एन्ड्रोइड र आईओएस दुवैमा एप डिप्लोय गर्ने प्रक्रिया समावेश गरिएको छ ।

    images
    images

    कसरी सहभागी हुने ? 

    ‘आइडियालाई एपमा बदलौँ’ भन्ने नारासहित आयोजना हुन लागेको यो बुटक्याम्पमा सहभागीले अन्य सिकारुहरूसँग अन्तर्क्रिया गर्ने र आफ्ना जिज्ञासाहरू प्रत्यक्ष रूपमा समाधान गर्ने अवसर पाउनेछन् । प्रविधि क्षेत्रमा आफ्नो करियर अघि बढाउन चाहनेका लागि यो उपयुक्त मञ्च हुने स्किल शिक्षाले बताएको छ ।इच्छुक सहभागीले यो लिंकमा क्लिक गरी थप जानकारी लिन तथा आफ्नो नाम रजिस्ट्रेसन गर्न सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend