images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • TCL का दुई नयाँ प्रिमियम साउन्डबार...

TCL का दुई नयाँ प्रिमियम साउन्डबार मोडेल सार्वजनिक

TCL का दुई नयाँ प्रिमियम साउन्डबार मोडेल सार्वजनिक

images
images
शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • काठमाडौं । विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड TCL ले नेपाली बजारका लागि दुई अत्याधुनिक प्रिमियम साउन्डबार मोडेल—S55H र Q65H—सार्वजनिक गरेको छ ।हाल बढिरहेको क्रिकेट उत्साहलाई लक्षित गर्दै घरमै बसेर स्टेडियमजस्तै रोमाञ्चक अनुभव दिलाउने उद्देश्यसहित यी मोडेलहरू बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । TCL का अनुसार यी साउन्डबारहरू नेपाली उपभोक्ताको क्रिकेटप्रतिको रुचि र घरायसी मनोरञ्जनको स्तरलाई नयाँ उचाइमा पुर्‍याउने गरी डिजाइन गरिएको हो ।

    images
    images

    हरेक बलको आवाजदेखि दकको उत्साह र कमेन्ट्रीसम्मलाई जीवन्त रूपमा प्रस्तुत गर्ने क्षमताले यी मोडेलहरूले ‘होम–स्टेडियम’ अनुभव दिन सक्षम छन् ।२.१ च्यानल डोल्बी एटमस र DTS Virtual:X प्रविधिले सुसज्जित S55H साउन्डबारले स्पष्ट, सिनेमाजस्तो अडियो दिन्छ । २२०W को अधिकतम शक्ति र वायरलेस सबवूफर को संयोजनले गहिरो बास र भरपुर साउन्ड सुनिश्चित गर्छ ।

    मुख्य विशेषता -

    images
    images

    Bluetooth 5.3 Low Latency Connectivity – लाइभ खेल हेर्दा आवाज ढिला नहुने ।

    AI Sonic-Adaptation – कोठाको आकार र बनावटअनुसार आवाज स्वतः सन्तुलन ।

    TCL Tutti Choral Technology – TCL टिभीसँग छिटो र सहज कनेक्टिभिटी, unified sound output ।

    ५८०W शक्तिशाली आउटपुटसहित 5.1 Channel Speaker System मा आधारित Q65H मोडेलले घरायसी मनोरञ्जनलाई सिनेमाघरस्तरमा पुर्‍याउने क्षमता राख्छ ।

    विशेषता -

    Dolby Atmos + DTS:X – वास्तविक ३D सराउन्ड साउन्डको अनुभूति ।

    Signature RAY·DANZ Technology – अझ चौडा, प्राकृतिक र जीवन्त साउन्ड स्टेज ।

    Wireless Subwoofer – ५५-इन्चभन्दा ठूला टिभीका लागि उपयुक्त ।

    HDMI eARC, multiple HDMI inputs, र Bluetooth Wireless Music Connectivity – उपयोगमा सहज र लचिलो ।

    साझा मुख्य विशेषता - 

    Dolby Atmos

    Wireless Subwoofer

    AI Sonic-Adaptation

    Bluetooth Wireless Connectivity

    TCL TV Ready र Tutti Choral Technology

    कम्पनीका अनुसार यी दुवै मोडेल नेपालभरका TCL अधिकृत रिटेल आउटलेटहरू तथा अनलाइन स्टोरमार्फत उपलब्ध छन् । क्रिकेटको उत्साह उत्कर्षमा पुगेको यस सिजनमा घरमा टिभी हेर्ने अनुभवलाई अझ रोमाञ्चक बनाउन इच्छुक उपभोक्ताका लागि TCL का यी नयाँ साउन्डबारहरू एक आकर्षक विकल्प हुने TCL को दाबी छ ।TCL विश्वभर टेलिभिजन, साउन्ड सिस्टम, घरेलु उपकरणलगायतका अत्याधुनिक उत्पादनहरूको डिजाइन, विकास र निर्माण गर्ने अग्रणी ब्रान्ड मानिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend