images

२०८३ आश्विन १७ गते

images
images
images

किराखोर-नेप्टेचौर सडकखण्ड कालोपत्र

किराखोर-नेप्टेचौर सडकखण्ड कालोपत्र

images
images
शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • म्याग्दी। बेनी-पाखापानी सडकअन्तर्गत किराखोर-नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका वडा नं ९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो ।

    images
    images

    बेनी नगरपालिका-९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ । नेप्टेचौर-तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ । वर्षा यामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण भइरहेका छन् ।यो सडक कालोपत्र गर्न रु १० करोड १६ लाख एक हजार ३ सय ६४ मा निर्माण कम्पनीसँग सम्झौता भएको बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend