images

२०८३ आश्विन १७ गते

images
images
images

वित्तीय शिक्षा समावेशीकरणबारे काठमाडौँमा विद्यालयस्तरको अन्तरक्रिया

वित्तीय शिक्षा समावेशीकरणबारे काठमाडौँमा विद्यालयस्तरको अन्तरक्रिया

images
images
शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • काठमाडौँ, मंसिर १२ । विद्यालयस्तरका पाठ्यपुस्तकमा वित्तीय शिक्षा तथा वित्तीय साक्षरतासम्बन्धी विषयवस्तु समावेश गर्ने विषयमा पाठ्यक्रम विकास केन्द्रका अधिकारी तथा सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक विज्ञ–लेखकको सहभागितामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    images
    images

    कार्यक्रममा सहभागीहरुले विद्यालयस्तरमै विद्यार्थीलाई बचत, खर्च व्यवस्थापन, स्रोत–साधनको उपयोग, आर्थिक निर्णय क्षमता तथा वित्तीय जोखिमबारे आधारभूत ज्ञान गराउन आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, वर्तमान सामाजिक तथा आर्थिक परिवेशअनुसार वित्तीय शिक्षा अनिवार्यरूपमा पाठ्यक्रममा समावेश गर्नुपर्ने निष्कर्ष समेत कार्यक्रमले निकालेको छ।

    पाठ्यक्रम विकास केन्द्रका अधिकारीहरूले वित्तीय साक्षरता समावेशीकरणका लागि आवश्यक प्रक्रिया, पाठ्यवस्तुको दायरा तथा सिकाइ उपलब्धिबारे प्रस्तुति राख्दै आगामी पाठ्यक्रम संशोधनमा यसलाई प्राथमिकता दिइने जानकारी गराए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend