images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • राहदानीमा उमेर हेरफेर गरेको आरोपमा १०...

राहदानीमा उमेर हेरफेर गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राहदानीमा उमेर हेरफेर गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

images
images
मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी (पासपोर्ट) बनाउँदा जन्ममिति सच्याएर उमेर घटबढ गराएको अभियोगमा झापाका सरकारी कर्मचारी र राहदानी वाहकसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।इलाका प्रशासन कार्यालय गौरीगञ्ज र जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन कर्मचारीहरूले सेवाग्राहीको नागरिकतामा उल्लेखित जन्ममितिभन्दा फरक मिति राखी राहदानी जारी गराएको र सो बापत गैरकानुनी लाभ लिएको अनुसन्धानबाट खुलेको भन्दै आयोगले मंगलबार आरोपपत्र दायर गरेको हो ।

    images
    images

    आयोगको अनुसन्धान अनुसार कर्मचारीहरूको मिलेमतोमा राहदानी वाहकहरूको उमेर १ देखि ८ वर्षसम्म घटाउने वा बढाउने कार्य भएको पाइएको छ । जसमा विनोद कुँवरको ५ वर्ष, गोविन्द प्रसाद ढुङ्गेलको ५ वर्ष र बलराम महतोको ८ वर्ष उमेर घटाएर तथा सिमान्त विश्वकर्माको २ वर्ष उमेर बढाएर राहदानी जारी गरिएको पाइएको छ । यस्तो कार्य ई-पासपोर्ट जारी गर्दा र सन् २०१३ मा हस्तलिखित पासपोर्ट जारी गर्दा समेत भएको पाइएको छ ।

    मुद्दा दायर गरिएका मुख्य प्रतिवादीहरूमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन कार्यालय प्रमुख (शाखा अधिकृत) चुडामणी आपगाईँ, नायब सुब्बा रविन कुमार राजवंशी, कम्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवन कुमार दाहाल रहेका छन् । यसैगरी, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृतहरू लक्ष्मी प्रसाद खरेल र केशव प्रसाद रिजाललाई पनि प्रतिवादी बनाइएको छ ।आयोगले सरकारी कर्मचारी बाहेक गलत विवरण पेस गरी लाभ लिने राहदानी वाहकहरू विनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्द प्रसाद ढुङ्गेल र बलराम महतोविरुद्ध पनि मतियारको रूपमा मुद्दा दायर गरेको छ । आयोगले निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend