images

२०८३ आश्विन २३ गते

images
images
images

‘एनआईसी एशिया बैंक ग्राहक सेवा र कर्मचारी मैत्री बैंकिङ्ग वातावरण बनाउन केन्द्रित’

‘एनआईसी एशिया बैंक ग्राहक सेवा र कर्मचारी मैत्री बैंकिङ्ग वातावरण बनाउन केन्द्रित’

images
images
सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले ग्राहक मैत्री सेवा, पारदर्शीता र योग्यताका आधारमा कर्मचारीको गुनासो सम्बोधन, कर्जा प्रवाहमा विविधिकरण लगायतका विषयमा सम्बोधन गरिरहेका छन् ।उनको यस प्रयासले पछिल्लो समय बैंकभित्र सकारात्मक संचार हुनुको साथै काम गर्न नयाँ उर्जा मिलेको कर्मचारीहरुले बताएका छन् ।

    images
    images

    बैंकमा नेतृत्व परिवर्तन भएसँगै विगतका गुनासोहरुको यथाशक्य सम्बोधन गर्दै ग्राहकसँगको सम्बन्धलाई अझ विश्वासीलो र दिगो बैंकिङ्ग रणनीति अख्तियार भइरहेको छ ।यसै विषयमा कुरा गर्दै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले ग्राहक मैत्री सेवा र कर्मचारी मैत्री बैंकिङ्ग वातावरण बनाउने आफ्नो प्रयास रहने बताए । ‘हामीले हाम्रो बैंकिङ्ग सेवालाई प्रत्यक्ष रुपमा आमग्राहक वर्गसँग जोडेर ग्राहक मैत्री योजनामा ध्यान दिइरहेका छौं,’ शाक्यले भने, ‘सँगसँगै बैंकभित्र पनि कर्मचारी मैत्री वातावरण निर्माण गर्दै बैंकलाई लिडर बैंकका रुपमा अगाडि बढाउने हाम्रो योजना छ ।’

    उनले भने अनुसार ग्राहक मैत्री सेवा र बैंक भित्र कर्मचारी मैत्री पारदर्शी वातावरणले बैंकलाई नयाँ उचाइमा पुऱ्याउन सकिने उनको विश्वास छ । सेवा प्रवाहको हकमा सम्बोधन नभएका सम्पूर्ण गुनासोहरु तुरुन्तै सम्बोधन गर्ने व्यवस्था गरिएको उनले जानकारी गराए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend