images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • ७७ प्रतिशतले निर्यातमा वृद्धि, धेरै निर्यात...

७७ प्रतिशतले निर्यातमा वृद्धि, धेरै निर्यात हुने वस्तु के–के छन् ?

७७ प्रतिशतले निर्यातमा वृद्धि, धेरै निर्यात हुने वस्तु के–के छन् ?

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिना(२०८२/८३ साउन–कात्तिक) मा नेपालबाट हुने निर्यात ७७.५१ प्रतिशतले वृद्धि भएको छ ।गत आर्थिक वर्ष (२०८१/८२) को सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।यस वर्ष बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । निर्यातमा देखिएको यो वृद्धि अर्थतन्त्रका लागि सकारात्मक सङ्केत हो ।कुल निर्यात हुनेमा सबैभन्दा ठुलो हिस्सा क्रमशः, फलाम, तेलघ्युजन्य वस्तु र धागो रहेका छन् । 

    images
    images

    यो चार महिनाको अवधिमा कुल निर्यातमध्येमा ४५ अर्ब १४ करोड ३७ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु निर्यात भएको छ  ।यसैगरी दोस्रोमा ४४ अर्ब ७० करोड २३ लाख रुपैयाँको तेल तथा घ्युजन्य वस्तु र तेस्रोमा ९ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको विभिन्न प्रकारको धागो निर्यात भएको छ ।त्यस्तै ठुलो हिस्सामा निर्यात हुनेमा ५ अर्ब ९१ करोड  २२ लाख रुपैयाँको चिया कफी तथा मसलाजन्य वस्तु, ४ अर्ब ५५ करोड ३७ लाख रुपैयाँको तयारी तथा अन्य कपडा, ३ अर्ब ६० करोड ७९ लाख रुपैयाँको कार्पेट निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

    यसैगरी १ अर्ब ३९ करोड १५ लाख रुपैयाँको बिरुवा, २ अर्ब २३ करोड ७१ लाख रुपैयाँको पशुजन्य आहार, १ अर्ब १९ करोड १९ लाख रुपैयाँको पेष्टिकुकका उत्पादन, १ अर्ब ४२ लाख रुपैयाँको साल्ट सल्फर, १ अर्ब १६ करोड ८७ लाख रुपैयाँको फर्माटिकल, २ अर्ब ३९ करोड ४८ लाख रुपैयाँको काठ तथा काठजन्य वस्तु १ अर्ब ४ लाख रुपैयाँको जुत्ता चप्पल, २ अर्ब ५१ लाख रुपैयाँको निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend