images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • निजी विद्यालयमा अनिवार्य अंग्रेजी भाषा बोल्ने...

निजी विद्यालयमा अनिवार्य अंग्रेजी भाषा बोल्ने व्यवस्था नगर्न सर्वोच्चको परमादेश

निजी विद्यालयमा अनिवार्य अंग्रेजी भाषा बोल्ने व्यवस्था नगर्न सर्वोच्चको परमादेश

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • काठमाडौं।  सर्वोच्च अदालतले निजी तथा आवासीय विद्यालय परिसरभित्र अनिवार्र्य अंग्रेजी भाषा बोल्ने प्रावधान नराख्न परमादेश जारी गरेको छ । 

    images
    images

    नेपाली निजी विद्यालयमा नेपाली भाषा बोल्दा विद्यार्थीलाई दण्ड सजाय दिने कार्य भइरहेको भन्दै कानुनका विद्यार्थी आयुष बडालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,शिक्षा मन्त्रालय, निजी तथा आवासीय विद्यालय अग्रनाइजेशन प्याब्सन काठमाडौँ र काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरेका थिए । 

    उक्त रिटमा न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले निजी विद्यालय परिसर भित्र नेपाली भाषा बोल्दा बालबालिकालाई सजाय दिने कार्य नगर्ने र अङ्ग्रेजी भाषा अनिवार्य बोल्न पर्ने दबाब विद्यार्थीलाई नदिन विपक्षीका नाममा परमादेश जारी गरेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend