images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • बागमती प्रदेशले धानेको जीवन बीमा कम्पनीको...

बागमती प्रदेशले धानेको जीवन बीमा कम्पनीको व्यापार, अन्य कुन प्रदेशमा कति ?

बागमती प्रदेशले धानेको जीवन बीमा कम्पनीको व्यापार, अन्य कुन प्रदेशमा कति ?

images
images
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा जीवन बीमकले साढे १८ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्।

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले साउनमा १८ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। 

    जीवन बीमा व्यवसायको ठूलो बजार बागमती प्रदेशमा देखिएको छ। कुल व्यापारको ४२.६० प्रतिशत हिस्सा बागमतीमा देखिएको छ। बागमतीबाट कम्पनीहरुले ७ अर्ब ९१ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    images
    images

    जीवन बीमाको दोस्रो ठूलो बजार लुम्बिनी प्रदेश रहेको छ। लुम्बिनीबाट कम्पनीहरुले २ अर्ब ८२ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन कुल व्यवसायको १५.२२ प्रतिशत हिस्सा हो।

    तेस्रोमा कोशी प्रदेश रहेको छ। कोशीबाट बीमा कम्पनीहरुले २ अर्ब ४९ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यवसायमा कोशी प्रदेशको हिस्सा १३.४१ प्रतिशत रहेको छ।

    यसैगरी बीमकहरुले गण्डकी प्रदेशबाट २ अर्ब १ करोड ७६ लाख रुपैयाँ (१०.८६ प्रतिशत), मधेश प्रदेशबाट १ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ (९.०४ प्रतिशत), सुदूरपश्चिमबाट १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ (५.९ प्रतिशत) र कर्णालीबाट ५५ करोड २८ लाख रुपैयाँ (२.९८ प्रतिशत) कुल बीमाशुल्क आर्जन गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend