काठमाडौँ । मंसिर ०६,नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकममध्ये रु तीन अर्ब ७६ करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा एक वर्षका लागि लगानी गर्ने भएको छ।
यसका लागि केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थाले प्रस्तावित रकम तथा व्याजदर उल्लेख गरी मङ्सिर ८ गते साँझ ७ः०० बजेसम्म आवेदन दिन आग्रह गरेको छ।
जारी गरिएको सूचनाअनुसार लगानीका लागि रकम यसप्रकार विनियोजन गरिएको छः क वर्गका वाणिज्य बैंकहरू रु ३ अर्ब ८० लाख,ख वर्गका विकास बैंकहरू रु ५६ करोड ४० लाख,ग वर्गका वित्त कम्पनीहरू रु १८ करोड ८० लाख,लगानीका लागि आवेदन दिने संस्थाहरूले निम्न योग्यता तथा मापदण्ड पूरा गरेको हुनुपर्ने नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको,केन्द्रीय बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी तथा कुल पूँजीकोष कायम गरेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ८ प्रतिशतभित्र रहेको,खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको।
केन्द्रीय बैंकको यो कदमले बैंक तथा वित्तीय क्षेत्रमा तरलता व्यवस्थापन तथा कोषको सुरक्षित र व्यवस्थित परिचालनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।




.gif)





