images

२०८३ आश्विन १८ गते

images
images
images

चार महिनामा ४० करोडको फलफूल आयात

चार महिनामा ४० करोडको फलफूल आयात

images
images
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • झापा। पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो।अघिल्लो आर्थिक २०८१/८२ को सोही अवधिमा उक्त नाका भएर रु २१ करोड ३५ लाख ५० हजारको फलफूल आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए।

    images
    images

    गत आवको तुलनामा चालु आवमा रु १९ करोड ८९ लाख पाँच हजार बढीको फलफूल आयात भएको छ। नेपालले भारत, बङ्लादेश, थाइल्यान्ड, अस्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरियालगायतका मुलुकबाट फलफूल आयात गर्ने गरेको छ। काँकरभिट्टा भएर नेपाल आयात हुने मुख्य १० वस्तुको तुलनात्मक विवरणअनुसार फलफूल पाँचौँ स्थानमा छ।

    चालु आव २०८२/८३ को कात्तिकमा लक्ष्यको तुलनामा राजस्व संकलन हुन नसकेको सूचना अधिकारी हुमागाईंले बताए। उनका अनुसार कात्तिकमा भन्सारले राजस्व संकलनको लक्ष्य रु एक अर्ब ६३ करोड, ९४ लाख ६१ हजार राखेको थियो। तर सो अवधिमा रु एक अर्ब ३० करोड ८१ लाख ८९ हजार संकलन भएको उनले जानकारी दिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend