images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • अशोक स्टिलले प्राधिकरणलाई बुझायो डेडिकेटेड र...

अशोक स्टिलले प्राधिकरणलाई बुझायो डेडिकेटेड र ट्रङ्क लाइनको दोस्रो किस्ता

अशोक स्टिलले प्राधिकरणलाई बुझायो डेडिकेटेड र ट्रङ्क लाइनको दोस्रो किस्ता

images
images
बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई बाराको सिमरामा सञ्चालित अशोक स्टिल इण्डष्ट्रिजले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन प्रयोग गरेबापतको दोस्रो किस्ता रकम पनि बुझाएको छ । प्राधिकरणका अनुसार अशोक स्टिलले बिहीबार दोस्रो किस्ता वापतको ६३ लाख रुपैयाँ बुझाएको छ । १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रहेको अशोक स्टिलले पनि पहिलो किस्ता ६३ लाख रुपैयाँ यसअघि नै बुझाएको थियो । 

    images
    images

    लामो समय विवादित बन्दै आएको डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको बक्यौता रकम प्रायः सबै उद्योगले पहिलो किस्ता बुझाई सकेका छन् । तर अशोक स्टिलले भने दोस्रो किस्ता पनि बुझाएको छ । प्राधिकरणले लामो समय विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल नतिरेको भन्दै कात्तिक ४ र ७ गते बक्यौता नबुझाएका २५ उद्योगको विद्युत् काटेको थियो । 

    उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम बक्यौता २८ किस्ताको सुविधा दिएको छ । प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरिसकेको छ । ३५ उद्योगको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend