images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४...

पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत

पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत

images
images
बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाको कुल खर्च १२.९४ प्रतिशत पुगेको छ । विनियोजित २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ मध्ये ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको हो ।यसमा चालु तर्फको ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपैयाँ बजेटमा २ अर्ब १३ करोड ३३ लाख १ हजार ६६१ रुपैयाँ र पुँजीगत तर्फ १५ अर्ब ५३ करोड ७ लाख १२ हजार रुपैयाँ बजेटमा १ अर्ब ११ करोड ८९ लाख ८२ हजार ४ सय रुपैयाँ खर्च भएको आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेले जानकारी दिए ।

    images
    images

    यस अवधिमा केन्द्रबाट खर्च हुने बजेटबाट १४ प्रतिशत खर्च भएको छ । वडातर्फ सबैभन्दा धेरै १९.४१ प्रतिशत र सबैभन्दा कम ०.३८ प्रतिशत रकम खर्च भएको छ । ३ वर्षमा महानगरपालिकाले पहिलो चौमासिकमा गरेको खर्चलाई तुलना गर्दा २०८०/०८१ मा १२.९ प्रतिशत, २०८१/०८२ मा १२.३४ प्रतिशत र यस वर्ष १२.९४ प्रतिशत खर्च भएको देखिन्छ ।गतवर्ष विनियोजित २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँमा ३ अर्ब ८ करोड ८४ लाख २१ हजार ४८४ रुपैयाँ अर्थात १२.३४ प्रतिशत खर्च भएको थियो । विनियोजित रकममा चालुतर्फ १ अर्ब ८० करोड ५४ लाख ९९ हजार २९० रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २८ करोड २९ लाख २२ हजार १९३ गरी खर्च थियो । यसमा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ५० हजार ७१८ रुपैयाँ र पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार २८२ रुपैयाँ बजेट विनियोजित थियो ।

    यसमा केन्द्रबाट १३.३१ प्रतिशत खर्च भएको थियो । सबैभन्दा धेरै खर्च गर्ने वडा वडा नं. १९ ले २०.९३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा नं. ११ ले १.१९ प्रतिशत खर्च गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित २४ अर्ब १८ करोड ७८ लाख ८२ हजार रुपैयाँमध्ये २ अर्ब ९२ करोड ५७ लाख ९७ हजार २१३ रुपैयाँ अर्थात् १२.०९ प्रतिशत बजेट खर्च भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend