images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • दुई दिन राति पाँच घण्टा नारायणघाट,बुटवल...

दुई दिन राति पाँच घण्टा नारायणघाट,बुटवल सडक बन्द

दुई दिन राति पाँच घण्टा नारायणघाट,बुटवल सडक बन्द

images
images
बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • काठमाडौँ । मंसिर ०४, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्र दुई दिन राति बन्द गरिने भएको छ। निर्माणाधीन सडकका कारण आवश्यक परेका कामहरू राति सम्पन्न गर्नुपर्ने भएकाले मङ्सिर ५ र ६ गते राति ११ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरिने जनाइएको छ।

    images
    images

    नारायणघाट,बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालका अनुसार नारायणी पुलको पश्चिम भाग, विशेषगरी गैँडाकोटतर्फको एप्रोच सडकमा कालोपत्र गर्न सवारी आवागमन रोक्नुपर्ने भएकाले रातिको समयमा सडक बन्द गर्न लागिएको हो।

    “उक्त स्थानमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोकेर मात्र काम गर्न संभव हुने भएकाले राति सडक बन्द गर्ने निर्णय गरिएको हो,” इन्जिनियर रिजालले जानकारी दिए।

    images
    images

    सवारी रोक्ने व्यवस्था रातिको पाँच घण्टाको बन्दका क्रममा पूर्व र पश्चिमतर्फ जाँदै आएका सवारी निम्न स्थानहरूमा रोकिने व्यवस्था गरिएको छः नवलपुरतर्फ (पूर्वतर्फ जानेमार्फत) बस, मिनीबस, माइक्रो तथा साना चारपाङ्ग्रे सवारी थुम्सीदेखि पश्चिमतर्फ ठूलामा मालवाहक (ट्रक, ट्रेलर, कन्टेनर, लहरी) बेल्डिहादेखि पश्चिमतर्फ चितवनतर्फ (पश्चिमतर्फ जानेमार्फत) बस, मिनीबस, माइक्रो तथा साना चारपाङ्ग्रे, मुग्लिन नारायणघाट सडकखण्डको रामनगरदेखि जुगेडीसम्म पूर्व–पश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि गोन्द्राङसम्म ठूला मालवाहक सवारी, जुगेडीदेखि दासढुङ्गासम्म गोन्द्राङदेखि टिकौलीसम्म सडक विस्तारले यात्रा कष्टकर सडक विस्तार सुरु भएयता खण्ड–खण्डमा बनेका खाल्डाखुल्डीका कारण यात्रुहरूले ठूलो दुःख भोग्नुपरेको छ। तर, हाल भइरहेको कामअनुसार नारायणी नदी पुलदेखि पश्चिमतर्फ १७० मिटर भाग कालोपत्र भएपछि दाउन्नेसम्म करिब ६० किलोमिटर सडक निरन्तर कालोपत्रले जोडिने परियोजनाले जनाएको छ।

    इन्जिनियर रिजालले रातिको बन्द समयमा सवारी चालक तथा यात्रुहरूले तोकिएका स्थानमा रोकेर पर्खिन वा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend