images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • कूल राजश्वमा चौधरी ग्रुपको २ प्रतिशतभन्दा...

कूल राजश्वमा चौधरी ग्रुपको २ प्रतिशतभन्दा बढी योगदान

कूल राजश्वमा चौधरी ग्रुपको २ प्रतिशतभन्दा बढी योगदान

images
images
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रूपैयाँ कर तिरेर राष्ट्रको कूल राजश्वमा २ प्रतिशत भन्दा बढी योगदान गरेको छ । राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले सरकारको राजश्वमा उल्लेखनीय योगदान पुर्‍याएको हो । 

    images
    images

    गत आर्थिक वर्ष २०८०/८१ मा १८.५२ अर्ब कर तिरेको चौधरी ग्रुपले यस वर्ष ७ अर्ब बढी कर राज्य ढुकुटीमा दाखिला गरेको छ । जसले चौधरी ग्रुपको लगानी वृद्धि तीब्र गतिमा रहेको प्रस्ट पार्ने कम्पनीले जनाएको छ ।योसँगै गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ९२ अर्ब २६ करोड रूपैयाँ कर तिरेको छ । कमजोर आर्थिक गतिविधि, आयात–निर्भर बजार, नीतिगत अस्थिरता तथा निजी लगानीमा आएका बाधाका बाबजुद पनि चौधरी ग्रुपले निरन्तर करमा वृद्धि गर्दै आएको छ ।

    यसले राष्ट्रका विकास योजना, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण तथा सार्वजनिक सेवाका क्षेत्रमा राज्यलाई थप आधार प्रदान गर्ने चौधरी ग्रुपले विश्वास लिएको छ ।चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार, चौधरी ग्रुपले स्थापित तथा नयाँ दुवै व्यवसाय विस्तारमार्फत् राजश्व योगदान बढाउँदै लगिरहेको छ। ‘ग्रुप अफ कम्पनीजको एकमुस्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि माननीय अर्थमन्त्रीज्यूले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नु भएकोमा आभारी छौं’, निर्वाणले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गत वर्ष सीजीले २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजश्वको उल्लेखनीय योगदान गरेको छ । चुनौतीबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको छ ।’

    images
    images

    नेपालमा व्यावसायिक समूहहरूले सरकारलाई तिरेको कर अलग्गै वर्गीकृत गरी सार्वजनिक गर्ने परम्परा अझै स्थापित नभएकाले कतिपय समयमा करदाताको वास्तविक योगदानबारे जनमानसमा भ्रम उत्पन्न हुने गर्छ ।यस्तो अवस्थालाई अन्त्य गर्दै चौधरी ग्रुपले हरेक वर्ष आफ्नो एकमुस्ट कर विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ । यसले राष्ट्र निर्माणमा व्यावसायिक क्षेत्रको भूमिकालाई स्पष्ट पार्नुका साथै, सरकारलाई पनि समूहगत कर योगदान छुट्टै गणना गरी पारदर्शी रूपमा खुलाउने संयन्त्र विकास गर्न प्रेरित गर्ने विश्वास लिइएको छ ।null

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend