images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • ङादी ग्रुप पावरले ५ प्रतिशत लाभांश...

ङादी ग्रुप पावरले ५ प्रतिशत लाभांश दिने

ङादी ग्रुप पावरले ५ प्रतिशत लाभांश दिने

images
images
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • काठमाडौं। ङादी ग्रुप पावरले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ५०० रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश छन्।यसैगरी सञ्चालक समितिको बैठकले लाभांश पारित गर्न मंसिर २५ गते १२ औं वार्षिक साधारणसभा  समेत आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ।

    images
    images

    सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्। बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले नियमनकारी निकायबाट प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा कुनै सुझाव प्राप्त भएमा सोहीअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

    सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ। सभाले सञ्चालकहरुको नियुक्ति पनि अनुमोदन गर्नेछ।लाभांश र सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ मंसिर १४ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend