काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गुगलको माउ कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई लिएर चेतावनी दिएका छन् ।एआईमाथि ‘अन्धो भएर’ विश्वास गर्न नहुने उनको भनाइ छ । एआई मोडेलहरू गल्ती गर्ने प्रवृत्तिका हुन्छन्, त्यसैले मानिसहरूले तिनीहरूलाई अन्य उपकरणहरूसँग संयोजन गरेर मात्रै प्रयोग गर्नुपर्छ भनेर बीबीसीसँगको एक विशेष अन्तर्वार्तामा सुन्दर पिचाईले भनेका छन् ।
पिचाईले भने, ‘यसले मात्रै यो जरुरतलाई देखाएको छ कि सूचनाको इकोसिष्टम विविध र समृद्ध होस्, ताकि मानिसहरू एआई प्रविधिमा मात्र निर्भर नरहुन् ।’सुन्दर पिचाईले लगानीमा एआई बूमबारे पनि चेतावनी दिएका छन् । सिलिकन भ्याली र अन्य ठाउँमा एआई ‘बबल’ (एआई कम्पनीको शेयरको मूल्य बढेर आकासिएको अवस्था) त बनिरहेको छैन भन्ने आशङ्का व्यक्त भइरहेको समयमा पिचाईको यो अभिव्यक्ति आएको हो ।
हालैका महिनाहरूमा एआई टेक कम्पनीहरूको मूल्य द्रुत रूपमा बढेको छ । धेरै कम्पनीहरूले यस उद्योगमा ठुलो लगानी गरिरहेका छन् । एआई बबल फुट्दा गुगललाई असर पर्छ कि भनेर सोधिएको प्रश्नमा कम्पनीले यस्तो सम्भावित अवस्थाको सामना गर्न सक्छ भनेर पिचाईले भनेका थिए ।‘मलाई लाग्दैन कुनै पनि कम्पनी यसबाट पूर्ण रूपमा सुरक्षित हुनेछ, हामी पनि होइन ।’ तर उनले चेतावनी दिएका छन् ।




.gif)





