images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिमा राजबहादुर...

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिमा राजबहादुर शाह

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिमा राजबहादुर शाह

images
images
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • काठमाडौं । व्यवसायी राजबहादुर शाह सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित भएका छन् । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले व्यक्तिगतर्फ सबैभन्दा बढी आयकर तिरेबापत उनलाई सम्मान गरेको हो ।अर्थमन्त्री रामेश्वर खनालले आव २०८०/८१ मा धेरै कर तिरेर सम्मानित व्यक्ति, संस्था तथा निकायहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् । सबैभन्दा बढी आयकर तिर्ने निकायमा नेपाल दूरसञ्चार प्राधिकरण रहेको छ । एकलौटी फर्म तर्फ थर्ड आइ इन्टरनेसनल सम्मानित भयो ।

    images
    images

     आयकरतर्फ डाबर नेपाल र सूचना–प्रविधितर्फ भेरिक्स नेपाल प्रालि सम्मानित भएका  छन् । निर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि, कृषि/पशुजन्यः पोषक ब्रिडर, बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट बैंक सम्मानित भएका छन् । स्वास्थ्य/शिक्षातर्फ नोबेल मेडिकल कलेज, पर्यटनतर्फ सोल्टी होटल सम्मानित भएका छन् ।वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातातर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जातर्फ भोटेकोशी पावर कम्पनी, रेमिट्यान्सतर्फ आईएमई सम्मानित भएका छन् ।व्यक्तिगत आयकरमा राजबहादुर शाह र समयमै कर तिर्ने कम्पनीका रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्मानित भएका हुन् । ५० करोडभन्दा बढी कारोबार गर्ने कम्पनीमा भीएफ सर्भिसेज र विशेष उद्योगका रुपमा युनिलिभर नेपाल सम्मानित भएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend