images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच...

दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी

दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • दाङ । जिल्लामा व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । दाङको हावापानी राम्रो भएकाले यसमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै गएको हो ।घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका श्रीधन घर्ती मौरीको स्याहारमा व्यस्त छन् । उनले यो काम गर्न थालेको १७ वर्ष पुगिसक्यो । उनले भने, “ सात वर्ष वैदेशिक रोजगारमा गएर फर्केपछि मौरीपालन व्यवसाय गर्न थालेको हुँ । यसमा घरपरिवारको पनि साथ र सहयोग छ ।” उमेरले ५८ वर्ष पुग्नुभएका घर्तीले घोराही उपमहानगरपालिका–१३ स्थित डुम्बरगाउँमा व्यावसायिक रूपमा मौरीपालन व्यवसाय गर्दै आएका छन् ।

    images
    images

    अहिले घर्तीको मौरीफार्ममा एक सय ५० मौरीसहितका घार छन् । उनले यस व्यवसायबाट राम्रो आम्दानी पनि गर्दै आएका छन् । उनले वर्षमा सात टन मह उत्पादन गर्दै आएको बताए । “परिवारको पनि सहयोग छ, आफैँले मौरीपालनका लागि केही ज्ञान लिएपछि व्यावसायिक रूपमा मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह बिक्रीका लागि बजार पुग्न पर्दैन, धेरै जसोले घरबाटै लग्ने गरेका छन्”, किसान घर्तीले भने, “वैदेशिक रोजगारबाट फर्किएपछि यहीँ व्यवसाय सुरु गरेको हुँ, धेरै लगानी पनि नलाग्ने र आम्दानी पनि राम्रो लिन सकिन्छ, आगामी दिनमा पनि मौरीपालन व्यवसायलाई निरन्तरता दिँदै जाने सोच छ ।”

    मौरीपालन व्यवसायबाट वार्षिक रु १६ लाखको कारोबार गरिरहनुभएका घर्तीले रु सात लाख बचत गर्ने गरेको बताए । एक किलोलाई रु पाँच सयका दरले बिक्री गर्दै आएको उनले बताए । उनीजस्तै उमेरले ६० वर्ष पुगेका दीपकुमार मगरको दैनिकी पनि विगत दुई दशकदेखि मौरीपालन र मौरीको हेरचाहमै बित्ने गरेको छ । जसबाट आम्दानी पनि राम्रो हुँदै गएको उनी बताउछन् । जिल्लाको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुर निवासी मगर विगत २६ वर्षदेखि यही व्यवसायमै छन् । मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको मगरले बताए । उनले मौरीपालन पूर्वाधार सामग्री उत्पादनमार्फत पनि व्यवसायका लागि आवश्यक सामग्री उत्पादन गरी छिमेकी जिल्ला रोल्पा, सल्यान, प्युठानलगायतका जिल्लामा समेत आधुनिक प्रकारका सामग्री पठाउने गर्छन् ।

    images
    images

    मगरको मौरी फार्ममा दुई सय घार क्षमताको भए पनि हाल भने एक सय मौरीसहितका घार छन् । उनले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताए । वर्षाको समय र अत्यधिक चिसो हुने समयमा ख्याल गर्ने हो भने मौरीपालनबाट राम्रो प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताए । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको घर्ती बताउछन्।यस्तै घोराही उपमहानगरपालिका–१८ गिठेपानी निवासी कृष्णबहादुर डाँगी र जानकी डाँगी दम्पतीले मह बिक्री गरेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । विगत डेढ दशकदेखि मौरीपालनमा संलग्न डाँगी दम्पतीले घोराही–१८ गिठेपानीमै एक सय पाँच घार बढी माहुरी पालेर वार्षिक रूपमा करिब रु १३ लाखसम्म आम्दानी गर्दै आएका छन् ।कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्या पाँच सय बढी छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend