images

२०८३ आश्विन १८ गते

images
images
images

पूर्व गभर्नर डा. यादवप्रसाद पन्तको आर्थिक दृष्टिकोणबारे एकदिने गोष्ठी सम्पन्न

पूर्व गभर्नर डा. यादवप्रसाद पन्तको आर्थिक दृष्टिकोणबारे एकदिने गोष्ठी सम्पन्न

images
images
शनिवार, कार्तिक २९ २०८२
शनिवार, कार्तिक २९ २०८२
  • काठमाडौँ । कात्तिक २९, डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा अर्थतन्त्रमा उहाँको योगदान विषयक एक दिने विचार गोष्ठी २०५२ कात्तिक २८ गते काठमाडौंमा सम्पन्न भएका छ । नेपाल सरकारका पूर्व अर्थमन्त्री एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर स्वर्गीय पन्तको १००औं जन्मजयन्तीका सन्दर्भमा यस बैंकद्वारा उक्त गोष्ठी आयोजना गरिएको हो । गोष्ठीका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालको आधुनिक आधुनिक अर्थतन्त्रको जग बसाली नेपालको अर्थव्यवस्थालाई अन्तर्राष्ट्रिय क्षेत्रसँग आबद्ध गर्ने सन्दर्भमा डा. पन्तको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।

    images
    images

    NRB G.jpg

    डा. पन्तलाई बहुआयामिक व्यक्तित्व को रूपमा स्मरण गर्दै अर्थमन्त्री खनालले भन्नुभयो, उहाँ कुनै एउटा विधामा मात्रै सीमित हुनुहुन्थेन । वित्तीय नीति र मौद्रिक नीतिसँगै कुशल योजना, कुटनीति र राजनीतिमा पनि उत्तिकै दख्खल राख्नुहुन्थ्यो ।” डा. पन्तका विचार र दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भक रहेको अर्थमन्त्री खनालको भनाइ थियो ।
    कार्यक्रममा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले डा. पन्तको नेतृत्त्वकालमा मुलुकको अर्थव्यवस्था र वित्तीय प्रणालीमा महत्त्वपूर्ण संरचनागत सुधारको थालनी भएको चर्चा गर्नुभयो । रु.५०० र रु.१००० दरका बैंक नोटको प्रचलन, बैंकिङ विकास कोषको स्थापना, बैंकिङ सेवाको पहुँच अभिवृद्धिका निम्ति डा. पन्तबाट भएका नीतिगत र संरचनागत प्रयास स्मरणीय रहेको बिचार उहाँले व्यक्त गर्नुभयो ।

    images
    images

    सो अवसरमा पूर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले स्वर्गीय पन्तलाई आधुनिक अर्थतन्त्रका चिन्तक र दूरदर्शी आर्थिक दृष्टिकोण राख्ने व्यक्तित्वको रूपमा चित्रण गर्दै उहाँको नेतृत्वमा भएका आर्थिक सुधारका प्रयासहरू स्मरण गर्नुभयो ।
    गोष्ठीमा पूर्व गभर्नर गणेशबहादुर थापाले पन्तको नेतृत्वकालमा बैंकिङ तथा वित्तीय सेवाको विस्तारमा उल्लेख्य प्रगति हासिल भएको धारणा राख्नुभयो । राष्ट्र बैंकका पूर्व सञ्चालक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले स्वर्गीय पन्तको सिर्जनशील व्यक्तित्व र उहाँका कृतिहरूका बारेमा स्मरण गर्नुभयो ।

    पूर्व अर्थमन्त्रीहरू डा. युवराज खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की र डा. रूप ज्योति तथा पूर्व गभर्नरहरू डा. तिलकबहादुर रावल, दीपेन्द्रपुरुष ढकाल, विजयनाथ भट्टराई र दीपेन्द्रबहादुर क्षेत्रीले डा. यादवप्रसाद पन्तको व्यक्तित्वका विविध पक्षबारे चर्चा गर्नुभयो । पूर्व महालेखापरीक्षक भानुप्रसाद आचार्य, डा. पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान, नेपालुका सदस्य राधेश पन्त लगायतले स्वर्गीय पन्तका प्रेरणादायी क्षणहरूको स्मरण गर्नुभएको थियो ।
    सो अवसरमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भोलाराम श्रेष्ठले डा. यादवप्रसाद पन्तको वहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदानु विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । गोष्ठीमा प्रतिष्ठानद्वारा डा. पन्तको जीवनीमाथि तयार गरिएको सङ्क्षिप्त श्रव्यदृष्य सामग्रीसमेत प्रस्तुत गरिएको थियो । सो अवसरमा पूर्व अर्थमन्त्रीहरू डा.भेषबहादुर थापा, शङ्करप्रसाद कोइराला र वर्षमान पुन, राष्ट्र बैंकका सञ्चालकहरू चिन्तामणि शिवाकोटी, डा. शङ्करप्रसाद आचार्य र डा. रवीन्द्रप्रसाद पाण्डे, अर्थविद्, राष्ट्र बैंकका उच्च अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, उद्योगी व्यवसायी,
    २०८२ कात्तिक २८ गते सञ्चारकर्मी, पन्त परिवारका लगायतको उपस्थिति थियो । सदस्यहरू सो अवसरमा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले मन्तव्य राख्नुभयो भने डेपुटी गभर्नर बमबहादुर मिश्रले छलफल सत्रको सहजीकरण गर्नुभयो ।

    स्वागत गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनीले गोष्ठी सञ्चालन गर्नुभएको थियो । वि.सं. १८८२ मङ्सिर २ गते काठमाडौंमा जन्मनुभएका डा. पन्तले २०२५ देखि २०३० सालसम्म राष्ट्र बैंकको गभर्नर र २०३७ देखि २०३८ सालसम्म अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ राष्ट्रिय योजना आयोगका संस्थापक सदस्यसमेत हुनुहुन्थ्यो । उहाँको नेतृत्वकालमा अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय वित्तीय निकायसँगको सम्बन्ध विस्तारमा फलदायी र परिणाममुखी प्रयासहरू भएका थिए । डा. पन्तको कार्यकालमा मुलुकको अर्थतन्त्रको नीतिगत र संरचनागत सुधारका निम्ति भएका प्रयासको स्मरण गर्दै उहाँप्रति सम्मान स्वरूप बैंकद्वारा उक्त गोष्ठी आयोजना गरिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend