काठमाडौँ । कात्तिक २८, नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा पूर्व राष्ट्र बैंकका गभर्नर स्व. डा. यादवप्रसाद पन्तको १००औँ जन्मजयन्तीको अवसरमा आज राजधानीमा डा. पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान विषयक विशेष विचार गोष्ठी आयोजित गरिएको छ।
कार्यक्रममा वक्ताहरूले डा. पन्तलाई नेपालका आर्थिक नीतिनिर्माणका आधारस्तम्भका रूपमा उल्लेख गर्दै उहाँका दीर्घकालीन योगदानहरूबारे स्मरण गरे। देशको आर्थिक स्थिरीकरण, वित्तीय प्रणालीको सुदृढीकरण तथा विकास योजनाका नीति–रेखानिर्देशनमा डा.पन्तको भुमिका निर्णायक रहेको वक्ताहरूको भनाइ थियो।
वित्तीय क्षेत्रका विज्ञ, पूर्व नियोजक, सरकारी उच्च अधिकारी तथा शिक्षाविद्हरू उपस्थित रहेको यस विचार गोष्ठीले डा. पन्तको बौद्धिक गम्भीरता, व्यावहारिक आर्थिक दृष्टिकोण, र राष्ट्रहितप्रति उहाँको प्रतिबद्धता भावी पुस्ताका लागि प्रेरणादायकर रहेको निष्कर्ष निकालेको छ।
कार्यक्रममा स्व. पन्तद्वारा प्रवर्धित आर्थिक अनुशासन, पारदर्शिता र दीगो विकासका सिद्धान्तहरू आजको आर्थिक व्यवस्थापनमा पनि उत्तिकै सान्दर्भिक रहेको औँल्याइएको थियो।




.gif)





