images

२०८३ आश्विन १८ गते

images
images
images

युनिलिभर नेपालको नाफा ४३ प्रतिशत घट्यो

युनिलिभर नेपालको नाफा ४३ प्रतिशत घट्यो

images
images
शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • काठमाडौं । युनिलिभर नेपालको खुद नाफा ४३ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३० करोड रुपैयाँ छ ।गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५२ करोड ६९ लाख रुपैयाँ थियो । कम्पनीको बिक्री/सञ्चालन आम्दानी घट्दा नाफामा असर परेको छ । यस्तो आम्दानी गत आवको पहिलो त्रैमासमा २ अर्ब २५ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्बमा खुम्चिएको छ ।

    images
    images

    कम्पनीको कुल खर्च सामान्य बढेको छ । यस्तो खर्च पहिले १ अर्ब ६३ करोड रुपै रहेकोमा अहिले १ अर्ब ६६ करोड रुपैयाँ छ । कच्चा पदार्थको लागत महँगिदा कुल खर्च बढेको देखिन्छ ।नाफा घट्दा प्रतिसेयर आम्दानी पनि घटेको छ । पहिलो त्रैमासको मात्रै कम्पनीको प्रतिसेयर आम्दानी ३२६ रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी १ हजार ८८४ रुपैयाँ छ । गत वर्षको यसै अवधिमा वार्षिक प्रतिसेयर आम्दानी २ हजार ९६ रुपैयाँ थियो ।कम्पनीको प्रतिसेयर नेटवर्थ बढेको छ । प्रतिसेयर नेटवर्थ पहिले ५ हजार ८३६ रुपैयाँ रहेकोमा अहिले ६ हजार ३ रुपैयाँ छ । चुक्ता पूँजी जम्मा ९ करोड २१ लाख रुपैयाँ रहेको यस कम्पनीको सञ्चित आम्दानी ५ अर्ब ४३ करोड रुपैयाँ छ । सेयर बजारमा यस कम्पनी सबैभन्दा मूल्यवान हुँदै आएको छ । हाल सेयर मूल्य प्रतिकित्ता ४६ हजार ५ सय रुपैयाँ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend