images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • ३५ उद्योगले तिरे डेडिकेटेड तथा ट्रंकलाइनको...

३५ उद्योगले तिरे डेडिकेटेड तथा ट्रंकलाइनको २३ करोड ८७ लाख महसुल बक्यौता

३५ उद्योगले तिरे डेडिकेटेड तथा ट्रंकलाइनको २३ करोड ८७ लाख महसुल बक्यौता

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइन संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । बक्यौता तिर्न यसअघि सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ ।३५ उद्योगको कुल बक्यौता पाँच अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । अब पाँच अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ । ०७२ माघदेखि ०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेबापतको यो प्रिमियम महसुल बक्यौता हो ।

    images
    images

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राज्यप्रतिको दायित्व सम्झिएर उद्योगीले बक्यौता रकम तिर्न थालेकामा खुसी व्यक्त गरे । उद्योगीले बक्यौताको किस्ता तिर्ने कार्यलाई निरन्तरता दिने उनले विश्वास व्यक्त गरे ।“उद्योगहरूलाई विद्युत् नियमन आयोग, अदालतलगायत निकायमा जाने बाटो खुल्लै छ, किस्ताबन्दी तिर्न थालेपछि त्यसलाई पालना गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ,” उनले भने, “उद्योगीहरूका जायज मागलाई सम्बोधन गर्न सधैँ तयार नै छौँ ।”प्राधिकरणले बक्यौता रकम तिर्न २१ दिनको समयसीमा दिएर गएको असोजमा सार्वजनिक सूचना जारी गरेको थियो । उक्त अवधिमा पनि बक्यौता रकम तिर्न नआएपछि कात्तिक ४ र ७ गते गरी दुई चरणमा लाइन काटिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend