images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • साहस ऊर्जाको पहिलो त्रैमासिक वित्तीय...

साहस ऊर्जाको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,नाफा बढ्यो

साहस ऊर्जाको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,नाफा बढ्यो

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • २७ कात्तिक, काठमाडौं । साहस ऊर्जाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार यस अवधिमा कम्पनीले ४९ करोड ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।कम्पनीको खुद नाफा समीक्षा अवधिमा २३.६ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बजारमा सूचीकृत जलविद्युत् कम्पनीमध्ये साहस ऊर्जाले अब्बल वित्तीय विवरण निकालेको छ ।

    images
    images

    विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्दा नाफामा योगदान पुगेको छ । यस्तो आम्दानी पहिले ८६ करोड ७१ लाख रुपैयाँ रहेकोमा अहिले ९२ करोड ४६ लाख रुपैयाँ छ । त्यस्तै वित्तीय लागत पनि घटेको छ ।वित्तीय लागत पहिले २३ करोड ४० लाख रुपैयाँ रहेकोमा अहिले १६ करोड ७९ लाख रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर ओरालो लाग्दा सबै हाइड्रोपावरको वित्तीय लागत घटेको छ ।

    साहस ऊर्जाको वार्षिक प्रतिसेयर आम्दानी ५२.३७ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ६६४.२० रुपैयाँ छ । कम्पनीले ८६ मेगावाट क्षमताको दूधकोशी आयोजना सञ्चालन गरिरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend