images

२०८३ आश्विन १७ गते

images
images
images

हुम्लाको सिमकोट चार दिनदेखि अन्धकार

हुम्लाको सिमकोट चार दिनदेखि अन्धकार

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • सिमकोट, हुम्ला । कात्तिक २७, सदरमुकाम सिमकोट चार दिनदेखि अन्धकारमा डुबेको छ। सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो।

    images
    images

    वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहका अनुसार विद्युत् गृहलगायतका संरचनामा मर्मत कार्य आवश्यक परेकाले अस्थायी रूपमा वितरण बन्द गरिएको हो। उनका अनुसार मर्मत कार्य तीव्र गतिमा भइरहेको छ र शनिबारसम्म आपूर्ति सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

    विद्युत् बन्द भएपछि सदरमुकामका कार्यालय, व्यवसाय र सञ्चार सेवा प्रभावित भएका छन्। वैकल्पिक स्रोतको अभावमा दैनिक जीवन निकै कठिन बनेको छ। केही सरकारी कार्यालयमा सोलार प्रणाली जडान गरिए पनि हिउँदको समयमा पर्याप्त घाम नलागेकाले त्यसबाट पनि पर्याप्त ऊर्जा प्राप्त हुन सकेको छैन।

    images
    images

    सञ्चारकर्मी नरजङ तामाङका अनुसार मोबाइल र ल्यापटप चार्ज गर्न नसक्दा समाचार सङ्कलन र सम्प्रेषणमा समस्या भइरहेको छ। “चार दिनदेखि मोबाइल पनि चार्ज गर्न नसक्दा सूचना प्रवाहमै बाधा आएको छ,” उनले बताए।

    यसैबीच, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द मर्मत स्थलमै पुगेका छन्। उनले मर्मत कार्य छिटो सम्पन्न गर्न निर्देशन दिँदै स्थानीयलाई धैर्य गर्न आग्रह गरेका छन्।

    वितरण केन्द्रका अनुसार मुहान देखि फर्बे सम्मको नहरमा पानी चुहिने स्थानको मर्मत कार्य पूरा भइसकेको छ र अब प्रवाह स्थिर बनाएर वितरण सुरु गर्ने तयारी भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend