images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • गाउँमै डेरी व्यवसायबाट वार्षिक १३ लाख...

गाउँमै डेरी व्यवसायबाट वार्षिक १३ लाख आम्दानी

गाउँमै डेरी व्यवसायबाट वार्षिक १३ लाख आम्दानी

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • कञ्चनपुर । कात्तिक २७, भारतमा मजदुरी गरेर जीविका चलाउँदै आएका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण रानाले अहिले आफ्नै गाउँमा डेरी व्यवसायबाट मनग्य आम्दानी गर्न थालेका छन्।

    images
    images

    कुनै समय भारतमा मजदुरी गर्दै कठिन जीवन व्यतीत गरेका राना गाउँमै केही गर्ने संकल्पका साथ स्वदेश फर्किएका हुन्। २०६८ सालमा साइकलमा दूध सङ्कलन गरी बिक्री गर्ने कामबाट सुरुवात गरेका उनले अहिले आफ्नै डेरी सञ्चालन गर्दै दैनिक करिब १,५०० लिटर दूध सङ्कलन र बिक्री गर्दै आएका छन्।

    रानाले स्थानीय झलारी बजार, अत्तरिया र कैलालीमा दूध बिक्री गर्ने गरेका छन्। दूध बोक्ने र वितरणका लागि उनले ६ जनालाई मासिक २० देखि २६ हजार रुपैयाँसम्म तलबमा रोजगारी दिएका छन्।

    images
    images

    ‘भारतमा मजदुरी गर्दा धेरै दुःख पाइयो,’ रानाले भने, ‘गाउँ फर्किएर साइकलमा दूध बेच्न थालेँ, बचत गरेर अहिले डेरीको मालिक बनेको छु।’

    दुई लिटर दूधबाट सुरु गरिएको व्यवसाय अहिले करोडको हाराहारीमा पुगेको छ। रानाका अनुसार अहिले सम्म उनले करीब ९० लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेका छन्। खर्च कटाएर उनले वार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन्।

    ‘अहिले म निकै खुसी छु,’ रानाले भने, ‘छोरालाई पनि यही व्यवसायमा लगाएको छु।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend