images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • मंसिर १० गतेसम्म गोरुसिंगे–सन्धिखर्क सडक दैनिक...

मंसिर १० गतेसम्म गोरुसिंगे–सन्धिखर्क सडक दैनिक ६ घण्टा बन्द हुने

मंसिर १० गतेसम्म गोरुसिंगे–सन्धिखर्क सडक दैनिक ६ घण्टा बन्द हुने

images
images
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • अर्घाखाँची। कात्तिक २६, सडक मर्मत तथा स्तरोन्नतिको कामका लागि गोरुसिंगे–सन्धिखर्क सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ।

    images
    images

    शिवपुर सडक डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर सविन कोइरालाका अनुसार शितगंगा नगरपालिका भित्र पर्ने ठाडा देखि घुम्ती सडकखण्ड सम्म मर्मत तथा स्तरोन्नतिको कार्य भइरहेको छ। सोही कारण आजदेखि मंसिर १० गतेसम्म दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक आवतजावतका लागि बन्द गरिने निर्णय गरिएको हो।

    यो निर्णय प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आज बसेको सर्वपक्षीय बैठकले गरेको हो।

    images
    images

    पूर्वपश्चिम राजमार्गको गोरुसिंगे देखि सदरमुकाम सन्धिखर्क सम्म सडकको लम्बाइ करिब ६८ किलोमिटर रहेको छ। सडकको चौडाइ कतिपय स्थानमा सात मिटर र कतिपय ठाउँमा पाँच मिटर रहेको इञ्जिनियर कोइरालाले जानकारी दिए।

    सडक मर्मत तथा स्तरोन्नतिको काम सकिएपछि यातायात सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend