images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • बदाम खेतीबाट राम्रो आम्दानी गर्दै कपिलवस्तुका...

बदाम खेतीबाट राम्रो आम्दानी गर्दै कपिलवस्तुका किसान

बदाम खेतीबाट राम्रो आम्दानी गर्दै कपिलवस्तुका किसान

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • कपिलवस्तुको बाणगंगा नदी बगरमा रहेका किसानले बदाम खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्। वाणगंंगा नदीले बनाएको बगरमा दुई सय बढी किसानले बदाम उत्पादन गरी राम्रो आम्दानी गरिरहेका हुन्।बुद्धभूमि नगरपालिका वडा नं १० धनकौली महाराजगन्जको बर्गदी बररमवापुर, हर्दौना, कजराहवा, कपिलवस्तु नगरपालिकाको सौराहा, यशोधरा गाउँपालिकाको शिहोखोको बगरमा रहेको बलौटे माटोमा बदाम खेती गरिन्छ। बगरमा फलेको काँचो बदाम उखेलेर बेच्न चटारो छ। उत्पादित बदाम बेच्न किसानलाई भ्याइनभ्याइ छ।

    images
    images

    तरकारी उत्पादनमा नमुना रहेको धनकौलीमा सबैभन्दा बढी बदाम खेती गरिन्छ। तेलहन बालीमा पर्ने बदाम खेतीको धनकौली पकेट क्षेत्रसमेत हो। अगुवा किसान बहराइची केवटका अनुसार जिल्लामा २६ हेक्टर बढी क्षेत्रमा बदाम खेती गरिँदै आएको छ। त्यसको आधाभन्दा बढी भाग धनकौलीमै छ। धनकौलीमा मात्र ५० बढी किसान बदाम खेतीमा लागेको उनले बताए। ‘बदाम बेचेरै यहाँका किसानले ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्छन्’, उनले भने।धनकौलीको धरमपुर, करमपुर मोतीनगर, लाहोरौला गाउँका किसानले उत्पादन गरेको बदाम धमाधम बिक्री भइरहेको छ। स्थानीय शोभा केवटले चार बिघामा लगाएको बदामबाट आफूले यस वर्ष ५० हजार बढीको बदाम बिक्री गरेको बताइन्। ‘बिक्रीको समस्या छैन, मूल्य पनि राम्रो पाइने भएकाले बदाम खेती गर्न मन लाग्छ’, उनले भनिन्। प्रति किलो काँचो बदामको एक सयदेखि एक सय २० रुपैयाँमा बिक्री भइरहेको उनले बताइन्।

    अर्का किसान भागवत केवटले बदाम खेतीबाट आफूले हरेक वर्ष राम्रो आम्दानी गरिरहेको बताए। तीन बिघामा लगाएको खेतीबाट उत्पादनसमेत राम्रो भएकाले यस वर्ष ५० हजार रुपैयाँबराबरको काँचो बदाम बेचेको उनको भनाइ छ। ‘भाउ पनि राम्रो र बिक्रीका लागिसमेत समस्या छैन’, उनले भने, ‘त्यसैले गाउँमा बदाम खेती गर्नेको संख्यासमेत बढ्दै गएको छ।’ महाराजगन्जको बर्गदीघाटमा उत्पादन भएको काँचो बदाम उखाल्न व्यस्त रहेका गरिब मुसलमानले बदाम खेतीबाट आफूले हरेक वर्ष राम्रो आम्दानी गर्ने गरेको बताए। यस वर्ष २५ देखि ५० हजार आम्दानी हुने उनले बताए।

    images
    images

    बढ्दो जाडोसँगै स्थानीय बजारमा बदामको मागसमेत बढेको छ। माग बढेकाले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन किसान व्यस्त छन्। उत्पादित बदाम जिल्लासहित रूपन्देही, अर्घाखाँचीका बजारमा खपत हुने गरेको छ। जिल्लामा अहिले पनि बदाम खेती निकै कम मात्रामा हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताए। उनले बदाम खेतीबारे कार्यालयमा कुनै तथ्यांक नरहेको बताए। जिल्लामा २६ हेक्टर बदाम खेती हुने र जसबाट ५३ मेट्रिक टन बदाम उत्पादन हुने गरेको छ। बिक्रीका लागि भारतबाट समेत बदाम ल्याइने गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend