images

२०८३ आश्विन २३ गते

images
images
images

दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा

दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौं । नियम विपरीत काम गरेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ। कुमारी बैंक र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारबाहीमा परेका हुन् ।राष्ट्र बैंकको निर्देशन अनुपालना नगरेकोले पहिलो त्रैमासमा कुमारी बैंकलाई कारबाही गरिएको हो । कालोसूचीमा रहेका व्यक्ति तथा संस्थाको बैंकिङ्ग कारोबार गरेकाले कुमारी बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन मा “कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ्ग कारोबार गर्न नपाउने व्यवस्था रहेको छ । तर, कुमारी बैंकले राष्ट्र बैंकको सो निर्देशन अनुपालना नगरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) को व्यवस्था बमोजिम कुमारी बैंक लिमिटेडलाई सचेत गराइएको जनाएको छ  ।

    त्यस्तै, निरीक्षणका क्रममा प्राइम कमर्सियल बैंकले राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको पाइएको छ ।साथै केही कर्जाहरुलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र केही कर्जाहरुको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापीटल एडुकेशी फ्रेमवर्क २०१५ बमोजिम जोखिम भार गणना गरेको नपाइएपछि प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend