images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • बढ्दैछ अलैंचीको मूल्य, ताप्लेजुङमा प्रतिमन एक...

बढ्दैछ अलैंचीको मूल्य, ताप्लेजुङमा प्रतिमन एक लाख दुई हजार

बढ्दैछ अलैंचीको मूल्य, ताप्लेजुङमा प्रतिमन एक लाख दुई हजार

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • कालो सुनका नामले चिनिने अलैंचीको मूल्य बढ्दै गएको छ । ताप्लेजुङमा अलैंचीको मूल्य प्रतिमन (४० किलोग्राम) १ लाख रुपैयाँ नाघेको छ ।  कात्तिक तेस्रो साता आइतबार बजार खुल्दा सालाखाला अलैंचीको मूल्य प्रतिमन १ लाख रुपैयाँमा कारोवार भएको अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए ।  अलैंचीमा सालाखाला भन्नाले चलनचल्तिको भन्ने बुझिन्छ । रेग्मीले आइतबार गुणस्तरीय अलैंची प्रतिमन १ लाख २ हजार रुपैयाँका दरले कारोबार भएको जानकारी दिए । यहाँका अलैंची व्यवसायी कमल बरालले भने चलनचल्तिकै अलैंची प्रतिमन १ लाख २ हजार रुपैयाँका दरले आफुले खरिद गरेको जानकारी दिए ।  बरालका अनुसार शनिबार बजार खुल्दा ९६ हजार प्रतिमन रहेको अलैंचीको मूल्यमा अरान्हबाट प्रतिमन २ हजार रुपैयाँका दरले बृद्धि भई ९८ हजार रुपैयाँ प्रतिमन पुगेको हो । आइतबार एकैदिन ४ हजार प्रतिमनका दरले अलैंचीको मूल्य बृद्धि भएको बरालले बताएका छन् ।  

    images
    images

    असोज दोस्रो सातासम्म ८५ हजार प्रतिमन कायम रहेको अलैंचीको मूल्यमा एक महिनाको अन्तरालमा प्रतिमन १५ देखि १७ हजार रुपैयाँसम्म बृद्धि भएको देखिएको छ ।  नयाँ उत्पादनको सुरुमै ८० हजार प्रतिमनबाट कारोवार सुरु भएको अलैंचीको मूल्यमा यसबर्ष धेरै बृद्धि र थोरै गिरावट आउने गरेको देखिएको छ ।  अलैंचीको मूल्य अन्तराष्ट्रिय बजारले निर्धारण गर्ने हुनाले मूल्यमा उतारचढाव आउनु सामान्य जस्तै भइसकेको व्यवसायीहरु बताउँछन् ।  

    अलैंची व्यवसायी महासंघका अनुसार नेपालमा उत्पादित अलैंची भारतीय बजार हुँदै तेस्रो मुलुकसम्म पुग्ने गरेको छ । उत्पादनको २ प्रतिशत हाराहारी मात्र स्वदेशमा खपत हुने र ९८ प्रतिशत अन्तराष्ट्रिय बजारमा पुग्ने गरेको व्यवसायीहरु बताउँछन् । ताप्लेजुङ नेपालमा सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाको नामले परिचित छ ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend