images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • देशभरको सञ्चार सेवा र इन्टरनेटकाे गुणस्तर...

देशभरको सञ्चार सेवा र इन्टरनेटकाे गुणस्तर सुधार्न सञ्चारमन्त्रीको निर्देशन

देशभरको सञ्चार सेवा र इन्टरनेटकाे गुणस्तर सुधार्न सञ्चारमन्त्रीको निर्देशन

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरको सञ्चार सेवा र इन्टरनेटको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । आइतबार टेलिकमका प्रतिनिधिहरूसँगको छलफलमा बोल्दै मन्त्री खरेलले यस्तो निर्देशन दिएका हुन् । उनले देशका अधिकांश ठाउँमा मोबाइल नेटवर्क नटिप्ने समस्या बढेको गुनासो आउने गरेको भन्दै कभरेज विस्तार र बिग्रिएका साइट मर्मतमा लाग्न समेत निर्देशन दिए । 

    images
    images

    उनले नेटवर्क नआउने गुनासो मन्त्री र सचिवसम्म पुग्नु विडम्बना भएको भन्दै आवश्यक सुधारमा ध्यान दिन उनको आग्रह छ । उनले टेलिकमको गुनासो सुन्ने शाखा निष्क्रिय जस्तै भएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन निर्देशन समेत निर्देशन दिए । उनले टेलिकमको लागि कार्यविधि बनाउन सरकार लागिपरेको पनि बताए । उनले भने, ‘देशका अधिकांश ठाउँमा नेटवर्क टिपेन भन्ने समस्या आउँछ । त्यसकारण हामीले कभरेजको विषयमा ध्यान पर्‍याउनुपर्‍यो । १ हजार २ सय टावरको टेण्डर किन भएन ? २ सय टावरको टेण्डर प्रक्रिया कहाँ पुग्यो ? बिग्रिएका साइटहरूको मर्मतको सवालमा कहाँ छौँ हामी ? प्रतिस्पर्धी निजी सेवा प्रदायकले एक दिनमै गर्न सक्ने काम हामी महिना दिनसम्म किन गर्न सक्दैनौँ ? ग्राहकले कल र डाटा प्रयोग गरेबापत पैसा तिरेको छ । उसलाई गुणस्तरीय सेवा दिनु तपाईँहरूको दायित्व हो । म के भन्छु भने तपाईंको गुनासो सुन्ने शाखा मृतप्राय नराख्नुहोस् है । गुनासो कार्यान्वयनमा जानुपर्‍यो । यहाँको गुनासो शाखामा आउने गुनासो  मन्त्री र सचिवलाई आउनु भएन । हामी आवश्यक कार्यविधि बनाउँछौँ । नेटवर्कले काम नगरेको गुनासो त मन्त्रीलाई आउनु उचित भएन नि । त्यसकारण कभरेज बढाउने कुरामा ख्याल गर्नुहोस् ।’उनले टेलिकमको हरेक काम कारबाहीमा पारदर्शिता अपनाउन समेत निर्देशन दिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend