images

२०८३ आश्विन १९ गते

images
images
images

मुस्ताङमा हिमपातपछि याकचौँरी बेँसी झारियो

मुस्ताङमा हिमपातपछि याकचौँरी बेँसी झारियो

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौँ । कात्तिक २३, मुस्ताङका उच्च हिमाली क्षेत्रहरूमा परेको भारी हिमपात र अत्यधिक चिसोका कारण याकचौँरी पालकहरूले आफ्ना पशुहरूलाई उच्च लेकबाट बेँसीमा स्थानान्तरण गरेका छन्।

    images
    images

    हिउँले चरनक्षेत्र र पानीका मुहान ढाकिएपछि याकचौँरीलाई आहारा र पानीको समस्या हुने भएकाले हिउँद याममा बेँसीमा झार्ने र गर्मीयाममा फेरि उच्च लेकमा पुर्‍याउने परम्परा रहँदै आएको छ।

    थासाङ गाउँपालिकाका विभिन्न लेकहरू,मार्चे, मुलिखर्क र बतासेमा रहेका करिब २,२०० याकचौँरी हाल बेँसी झारिएको छ। जोमसोम र घरपझोङ क्षेत्रका करिब ५०० भन्दा बढी चौँरी पनि ठिनी गाउँमाथिको लेकबाट तलको पारिलो स्थानमा ल्याइएका छन्।

    images
    images

    उच्च लेकहरू समुद्री सतहदेखि ४,००० मिटर माथि रहेको र त्यहाँ हिउँ पर्न थालेपछि पशुहरूका लागि घाँस, पानी र गोठालाको बसोबास गर्न गाह्रो हुने भएकाले यो स्थानान्तरण आवश्यक हुने बताइन्छ।

    थासाङ गाउँपालिकाले चौँरीपालकका लागि घम्ती गोठ निर्माणमा अनुदान सहयोग गरेको छ।

    माथिल्लो मुस्ताङका लोघेकर र लोमान्थाङ गाउँपालिकामा पनि थोरै घरपरिवारले याकचौँरीपालन गर्दै आएका छन्।

    तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण यो परम्परागत व्यवसाय संकटमा परेको छ ।

    कहिलेकाहीँ अत्यधिक हिमपात,कहिलेकाहीँ हिउँ नपर्ने,घाँस अभाव, र हिमचितुवा लगायत वन्यजन्तुको आक्रमणले चौँरीपालनमा जोखिम बढेको छ।

    चौँरीको दूधबाट दही, घिउ, छुर्पी आदि उत्पादन गरिन्छ, र यसको पुच्छर हिन्दू धार्मिक प्रयोजनमा प्रयोग हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ।

    अर्को विशेषता यो हो कि यहाँका किसानले वैशाख र भदौमा याकचौँरीको आलो रगत निकाल्ने गर्छन्, जसबाट आर्थिक लाभ लिन्छन्।
    एउटा वयस्क याकको मूल्य रु. १ लाखदेखि १.५ लाख सम्म पर्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend