images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउपछि...

प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउपछि प्रभु बैंकमा छापा

प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउपछि प्रभु बैंकमा छापा

images
images
शनिवार, कार्तिक २२ २०८२
शनिवार, कार्तिक २२ २०८२
  • काठमाडौँ । कात्तिक २२, आर्थिक अपचलनको जाहेरीका आधारमा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेपछि प्रहरी र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले प्रभु बैंकमा छापा मारेको छ।

    images
    images

    शुक्रबार राति केन्द्रीय अनुसन्धान ब्युरो र राष्ट्र बैंकको टोलीले बैंकको कार्यालयमा पुगेर आवश्यक फाइल र कागजातहरू नियन्त्रणमा लिएर छानबिन सुरु गरेको जनाएको छ।

    प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दायर गरेको जाहेरीका आधारमा करिब ९८ करोड रुपैयाँ ठगी भएको आरोपमा भट्टचन कात्तिक ११ गते ललितपुरबाट पक्राउ परेका थिए।

    images
    images

    लामाको जाहेरीबारे अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले गत वर्षको असोज ११ गते नै प्रहरी परिसर काठमाडौंमा पठाएको भए पनि भट्टचन त्यसबेला पक्राउ परेका थिएनन्।

    हाल प्रहरी र राष्ट्र बैंकको टोलीले बैंकका अभिलेखहरूको अध्ययन गर्दै थप विवरण संकलन गरिरहेको बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend