काठमाडौँ । गत भदौ २४ गते प्रहरीको लुटिएको पेस्तोल लुकाउने सिन्धुपाल्चोक ज्यामिरेका उत्तम भुजेलविरुद्ध हातहतियार तथा खरखजाना कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रहरीको प्रतिवेदनका आधारमा भुजेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा हातहतियार तथा खरखजाना कसुरमा मुद्दा दायर गरेको हाे ।
भुजेललाई पानीको ट्याङ्कीभित्र मेड इन युएसए लेखिएको ९ एमएमको पेस्तोल र हतकडीसहित प्रहरीले पक्राउ गरेको थियो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते साथीहरू अशोक थापा र विशम भण्डारीले आफूलाई हतियार र हतकडी दिएको बयान दिएका छन् । भुजेलविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १३२ को उपदफा २ बमोजिम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने माग गर्दै मुद्दा दायर भएको छ ।
साथै भुजेलसँग अपराध पीडित संरक्षण एन २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन माग गरिएको छ ।




.gif)





