images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • पैयुँ गाउँपालिकाले धानबालीमा क्षति पुगेका कृषकलाई...

पैयुँ गाउँपालिकाले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पैयुँ गाउँपालिकाले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

images
images
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • पर्वत ।  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत उपलब्ध गराउन कृषकले गाउँपालिका र वडा कार्यालयमा अनुरोध गरेपछि क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउने कार्यपालिकाको बैठकबाट निर्णय भएको छ ।

    images
    images

    गाउँपालिका कार्यालयबाट कात्तिक १४ गतेदेखि धानबालीमा भएको क्षतिको विवरण सङ्कलन गर्न कर्मचारी खटाइएको उनले बताए। उनले कर्मचारी र जनप्रतिनिधि सहभागी टोलीले पालिकाभरमा ७०० परिवारको एक हजार ५०० रोपनी खेतमा लगाइएको बालीमा क्षति पुगेको विवरण उपलब्ध गराएका जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रफलमा लगाइएको करिब ४५० टन धानबाली नष्ट भएको अनुगमनकर्ताको विवरणमा उल्लेख छ ।कार्यपालिकाको बैठकले राहत वितरण गर्दा न्यूनतम एक रोपनी क्षेत्रफलको धान क्षति भएका किसानलाई रु दुई हजार तथा एक रोपनीभन्दा बढी क्षति भएका किसानलाई त्यसपछिको प्रत्येक रोपनीका लागि रु एक हजार ५०० का दरले थप गरी राहत दिने निर्णय गरेको छ ।

    प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले राहत रकममा यति खर्च हुन्छ भन्ने यकीन भने नभएको बताए । प्रत्येक परिवारको कूल क्षेत्रफलको प्रमाणित तथ्याङ्क निकालेपछि मात्रै खर्च रकमबारे टुङ्गो लाग्ने उनको भनाइ छ । पन्ध्र सय रोपनीलाई रु एक हजार ५०० का दरमा राहत वितरण गर्दा अनुमानित करिब रु २२ लाख गाउँपालिकाले कृषकलाई वितरण उनले जानकारी दिए ।भित्र्याउने बेलाको बालीलाई वर्षाले प्रभावित पारेपछि पर्वतका कृषकहरू चिन्तामा छन् । काटेर सुकाइएको धान भिजाउने, निहिनमा धान झार्ने, पराल भिज्नेलगायत समस्या भएको छ । नकाटेर गरामा ठाडो अवस्थामा रहेका धानमा वर्षाले खासै क्षति नगरेको भए पनि गत सोमबारको हावाले बाली ढलाएर क्षति पुर्‍याएको पैयुँ गाउँपालिकाले जनाएको छ ।जिल्लाको कुश्मा नगरपालिका, फलेबास नगरपालिका, विहादी, मोदी र महाशिला गाउँपालिकाले पनि क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend