images

२०८३ आश्विन २३ गते

images
images
images

नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्दै

नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्दै

images
images
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दुई अर्ब ७१ करोड रुपैयाँ लगानी गर्ने भएको छ । विभिन्न बैंकहरुमा राष्ट्र बैंकले मुद्दती निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको दुई अर्ब ७१ करोड ८५ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।

    images
    images

    केन्द्रिय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा यो परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गरिने छ ।

    वाणिज्य बैंकमा दुई अर्ब १७ करोड ४९ लाख रुपैँया, विकास बैंकमा ४० करोड ७७ लाख रुपैँया र वित्त कम्पनीमा १३ करोड ५९ लाख रुपैँया मुद्दती निक्षेपमा लगानी गरिने छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend