images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध

images
images
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई राष्ट्रिय स्तरको भुक्तानी कार्ड सुविधा प्रदान गर्ने भएको छ। बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग ‘नेसनल कार्ड स्वीच’ तथा ‘नेपालपे कार्ड’को प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरेको छ।कार्तिक १८ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रकाश पौडेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । 

    images
    images

    यो सम्झौतासँगै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अब एनसीएचएलको राष्ट्रिय कार्ड स्वीच प्रणालीमा जोडिएको छ। यसपछि बैंकले आफ्ना ग्राहकहरूका लागि एनसीएचएलद्वारा सञ्चालित नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम ‘नेपालपे कार्ड’ जारी गर्न र उक्त कार्ड स्वीकार गर्न सक्नेछ।एनपीएस–एनसीएस विभिन्न कार्ड स्वीचहरूबीच अन्तरआबद्धता कायम गरी डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्टका लागि स्थापित एक केन्द्रीय प्रणाली हो। यो प्रणालीको कार्यान्वयनले घरेलु कार्ड कारोबारको लागत घटाउन, भुक्तानीसम्बन्धी डाटालाई स्थानीयकरण गर्न र डिजिटल भुक्तानी इकोसिस्टममा नवीनतम उपकरणहरूको विकासलाई बढावा दिन मद्दत पुग्ने विश्वास लिइएको छ।

    एनसीएचएलको यस प्रणालीमा हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र १०० भन्दा बढी गैर-बैंकिङ सदस्यहरू आबद्ध भइसकेका छन्। देशभर ८८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा १८ एटीएम टर्मिनल मार्फत सेवा प्रदान गर्दै आएको अग्रणी विकास बैंक शाइन रेसुङ्गाको यो सहकार्यले डिजिटल भुक्तानीको पहुँचलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend