images

२०८३ आश्विन १९ गते

images
images
images

किसानको बारीमा फुल्यो तोरी

किसानको बारीमा फुल्यो तोरी

images
images
बिहिवार, कार्तिक २० २०८२
बिहिवार, कार्तिक २० २०८२
  • तानसेन । नगदे बालीको रूपमा रहेको तोरी किसानको बारीभरि फुलेको छ । मकै स्याहारेपछि तोरी छरेका किसानको बारी यतिबेला पहेँलै बनेका छन् । केही दिनअघि परेको पानीले तोरी बालीलाई फाइदा पुगेको किसानको भनाइ छ । 

    images
    images

    पाल्पाको रामपुर, माडी, तानसेन, बगनासकाली, पूर्वखोला, रिव्दीकोटका किसानले लगाएका तोरी फलेर बारी नै पहेँलै बनेको हो । पाल्पाका किसानले सिँचाइ नहुने बारीमा मकै र तोरीको खेती गर्ने गरेका छन् । किसानले तोरीबाट तेल पेलेर घरमै प्रयोग गर्ने गरेका छन् । तोरीले तेलमा आत्मनिर्भर बनाएको किसानको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend