images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • प्राङ्गारिक मल वितरण गरेपछि माटोको उर्वराशक्ति...

प्राङ्गारिक मल वितरण गरेपछि माटोको उर्वराशक्ति बढ्दै

प्राङ्गारिक मल वितरण गरेपछि माटोको उर्वराशक्ति बढ्दै

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक मल वितरण गर्न थालेपछि माटोको उर्वराशक्ति वृद्धि हुनुका साथै कृषिजन्य उत्पादनमा सुधार देखिन थालेको छ ।व्यवस्थापन केन्द्रमा रहेका पशुचौपायाबाट उत्पादित मल किसानलाई सहुलियत दरमा उपलब्ध गराउन थालेपछि माटोको उर्वराशक्ति र उत्पादनमा वृद्धि शुन थालेको हो ।

    images
    images

    शुक्लाफाँटा-९ का वडाध्यक्ष रमेशबहादुर ऐरका अनुसार किसानलाई अहिले प्रतिट्याक्टर रु चार हजार ५०० मा प्राङ्गारिक मल उपलब्ध गराउने व्यवस्था गरिएको छ । “किसानलाई रासायनिक मलको असर र प्राङ्गारिक मलका फाइदाबारे निरन्तर सचेतना दिइरहेका छौँ”, उनले भने, “रासायनिक मलले माटोको गुणस्तर घटाउँछ भने प्राङ्गारिक मलले दीर्घकालीन रूपमा उर्वर बनाउँछ ।”पछिल्लो समय सचेतना फैलाउन थालेपछि प्राङ्गारिक मलको माग पनि बढिरहेको बताउँदै ऐरले अहिले १५ देखि २० ट्याक्टर मल मौज्दात रहेको जानकारी दिए । 

    मल बिक्रीबाट प्राप्त रकम नगरपालिकाको सञ्चित कोषमा जम्मा गर्ने जनाउँदै उनले उक्त रकम वडाको पूर्वाधार विकासका क्षेत्रमा खर्च गरिने उल्लेख गरे । नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापनका लागि स्थापना गरेको उक्त केन्द्रमा हाल करिब चार सयभन्दा बढी पशुचौपाया राखिएका छन् । चौपायाको चारो, घाँस, औषधोपचार, हेरचाह र हेरालाका लागि नगरपालिकाले खर्च व्यवस्थापन गर्दै आएको छ । 

    images
    images

    पछिल्लो समय उत्पादनमा सुधार हुन थालेपछि किसानले पनि प्राङ्गारिक मलको फाइदा अनुभव गर्न थालेका आलुखेतीमा संलग्न लालबहादुर ऐरले बताए ।  प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्नुका साथै मानव स्वास्थ्य र वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढा ऐरले बताए । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend