images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • रुपन्देहीका चार उद्योगले तिरे प्रिमियम महसुलको...

रुपन्देहीका चार उद्योगले तिरे प्रिमियम महसुलको पहिलो किस्ता

रुपन्देहीका चार उद्योगले तिरे प्रिमियम महसुलको पहिलो किस्ता

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको बक्यौता तिर्न रुपन्देहीका चार उद्योगले नेपाल विद्युत प्राधिकरणलाई प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका छन्।

    images
    images

    भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट, र श्याम प्लास्टिकले सोमबार पहिलो किस्ता बुझाएका हुन्। किस्ता तिरे सँगै उद्योगहरूको विच्छेद गरिएको विद्युत लाइन पुनः जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन्।

    उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुल बुझाउन बाँकी रहेको थियो।
    तीमध्ये पञ्चकन्या प्लाष्टिकको रु २४ लाख ६३ हजार, पञ्चकन्या स्टीलको रु ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको रु १ करोड ८३ लाख, र श्याम प्लास्टिकको रु ४९ लाख १० हजार बक्यौता रहेको प्राधिकरणले जनाएको छ।

    images
    images

    बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरिएको छ, र उद्योगहरूले पहिलो किस्ता बुझाइसकेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend