images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • गुन्डा नाइके सानुभाइ ७ हजार धरौटीमा...

गुन्डा नाइके सानुभाइ ७ हजार धरौटीमा रिहा

गुन्डा नाइके सानुभाइ ७ हजार धरौटीमा रिहा

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौँ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ धरौटीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनी ७ हजार धरौटी बुझाएर छुटेका हुन् ।जेनजी प्रदर्शनपछि व्यवसायीलाई ‘धम्क्याएको’ आरोपमा प्रहरीले असोज १९ मा उनलाई टोखाबाट पक्राउ गरेको थियो ।

    images
    images

    नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि अहिले सातौंपटक पक्राउ परेर छुटेका हुन् । उनलाई अदालतको आदेश अनुसार थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश बस्नेतले  बताए ।यसअघि साउन १२ मा ठमेलको नर्सिङ चोक स्थित नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

    सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।  ‘घैँटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेको प्रहरी अधिकृतहरू बताउँछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend