images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • देशभरको मौसम कस्तो रहलाः गण्डकी र...

देशभरको मौसम कस्तो रहलाः गण्डकी र कर्णालीमा मध्यम वर्षा र हिमपातको सम्भावना

देशभरको मौसम कस्तो रहलाः गण्डकी र कर्णालीमा मध्यम वर्षा र हिमपातको सम्भावना

images
images
मंगलवार, कार्तिक ११ २०८२
मंगलवार, कार्तिक ११ २०८२
  • काठमाडौँ । देशभर आज सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायूको प्रभावसँगै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ।

    images
    images

    बिहान गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। बाँकी पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भने हल्का वर्षा वा हिमपात हुन सक्ने बताइएको छ।

    दिउँसोको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाहिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै, गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा भारी वर्षा वा हिमपातको पनि सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

    images
    images

    मौसमविद्हरूका अनुसार पछिल्लो केही दिनदेखि पश्चिमी वायू सक्रिय रहेकाले देशका पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको गतिविधि बढेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend