images

२०८३ आश्विन १९ गते

images
images
images

आजदेखि टिकटक पूर्ण रुपमा चल्ने

आजदेखि टिकटक पूर्ण रुपमा चल्ने

images
images
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • काठमाडौं ।  बिहीबारदेखि टिकटक पूर्ण रुपमा चल्ने भएको छ।सरकारले भदौ ६ गते टिकटक खोल्ने निर्णय गरेपनि सरकार र टिकटक बिच सहमति हुन नसक्दा टिकटक  चल्न सकेको छैन। स्रोतका अनुसार टिकटक र नेपाल सरकारबीच नराम्रा भिडियो फिल्टर गर्ने विषयमा सहमति हुन सकेको थिएन।

    images
    images

    टिकटकको सिंगापुरस्थित कार्यालयबाट आयुक्त अधिकारीसहित तीन जना प्रतिनिधि बुधबार नेपाल आएका थिए। उनीहरूले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेपछि सरकारले पूर्णरुपमा टिकटक खुलाउन लागेको हो।

    मन्त्रालय स्रोतका अनुसार अब केही समयमै टिकटक चल्न सुरु हुने छ । मन्त्रालयले टिकटक खुलाउनको लागि नेपाल दुर सञ्चार प्राधिकरणलाई चिठी लेख्दै छ। दुर सञ्चार प्राधिकरणमा मन्त्रालय मार्फत चिठी प्राप्त भएमा नेपाल टेलिकमले टिकटक खुलाउने छ।

    images
    images

    मन्त्रालयका प्रवक्ता गजेन्द्र प्रसाद ठाकुरका अनुसार टिकटकले सरकारले राखेका सर्त बाहेक अन्य विषयमा पनि सघाउने भएको छ। सरकारले टिकटकसँग नेपालमा सूचीकरण हुनुपर्ने, सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धनमा सघाउन पुर्याउन पर्ने, कन्टेन्ट फिल्टरिङमा नेपालीलाई राख्नपर्ने र डिजिटल सुरक्षा र साक्षरता लगायतका विषयमा सहयोग गर्नुपर्ने सर्त राखेको थियो। यी सबै सर्त ती पदाधिकारीले स्वीकारेको ठाकुरले जनाए। 

    टिकटकले सूचीकरणका लागि २ महिना मागेको छ। स्रोतका अनुसार सूचीकरणका लागि सबै डकुमेन्ट नपुगेकाले आफूहरुले २ महिनामा पुर्‍याएर सूचीकरण गर्न सरकारसँग ५६ दिन मागेको मन्त्रालयका एक अधिकारीले बताए।सरकारले पर्यटन प्रवर्द्धनको सन्दर्भमा नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्न भनेको छ। 

    सरकारले टिकटक फिल्टरिङमा नेपालीलाई राख्न भनेको र ती पदाधिकारीले सिंगापुरमा फिल्टरिङको लागि नेपाली नै रहेको जनाएको छ। प्रवक्ता ठाकुरले भने, ‘अब अरुले नेपाली बुझ्दैन, झन एआइले बुझ्ने कुरा भएन, त्यसैले हामीले नेपाली नै राख भनेको थियाैँ। उनीहरूले सिंगापुरमा नेपाली नै छ भनेको छ।’सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हालै एक अन्तर्वार्तामा सरकारको शर्तमा टिकटकका प्रतिनिधिहरु सकारात्मक रहेको बताएका थिए ।

    २०८० कात्तिक २७ गते तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सामाजिक सद्भाव खलबल्याएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।तत्कालीन प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको समेत समर्थनमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो। तर ओली आफू प्रधानमन्त्री भएपछि प्रतिबन्ध हटाउने निर्णय गरेका हुन्। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend