images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • बक्यौता तिर्न प्राधिकरणको अल्टिमेटम सकियो, धेरै...

बक्यौता तिर्न प्राधिकरणको अल्टिमेटम सकियो, धेरै उद्योग अझै चुप

बक्यौता तिर्न प्राधिकरणको अल्टिमेटम सकियो, धेरै उद्योग अझै चुप

images
images
सोमवार, कार्तिक ३ २०८२
सोमवार, कार्तिक ३ २०८२
  • काठमाडौँ । कात्तिक ३, नेपाल विद्युत प्राधिकरण (नेवि प्रा)ले डेडिकेटेड र ट्रंक लाइन प्रयोग वापतको बक्यौता तिर्न दिएको म्याद आइतबार (कात्तिक २) सकिए पनि अधिकांश उद्योगहरूले अझैसम्म रकम तिरेका छैनन्।

    images
    images

    प्राधिकरणले सरकारी र अदालती स्टे अर्डर नभएका ३४ वटा उद्योगबाट ६ अर्ब ४० करोड रुपैयाँ बक्यौता असुल गर्ने निर्णय गर्दै अल्टिमेटम दिएको थियो। तर अल्टिमेटमको अन्तिम दिनसम्म पनि धेरै उद्योगले बक्यौता तिरेका छैनन्।

    प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार, “हालसम्म ९ उद्योगले किस्ताबन्दीमा तिर्न थालेका छन्। थप उद्योगहरूले आइतबार तिरे कि छैनन् भन्ने विवरण संकलन भइरहेको छ।”

    images
    images

    तर बक्यौता नतिर्ने उद्योगहरूमाथि लाइन काट्ने वा अन्य कारबाहीको निर्णय अझै भइसकेको छैन। “अब यो विषयमा छलफल गरेर निर्णय लिनेछौं,” ढकालले बताए।

    उद्योगीहरूको असन्तुष्टि, बिना प्रमाण महसुल मागिएको

    उद्योगीहरू भने यो प्रक्रिया अन्यायपूर्ण भएको बताउँदै विरोधमा उत्रिएका छन्। उनीहरूले प्रधानमन्त्रीलाई पत्र बुझाउँदै डेडिकेटेड वा ट्रंक लाइन प्रयोगको प्रमाणबिना बक्यौता मागिएको आरोप लगाएका छन्।

    उद्योगीहरूको भनाइमा, प्राधिकरणले त्इम TOd (Time of Day) डाटा उपलब्ध नगराई, केवल अनुमानका आधारमा बक्यौता मागेको छ।

    उनीहरूको तर्क छ यदि टिओडी डाटा अनुसार बक्यौता देखियो भने तिर्न तयार छन्, तर प्रमाणविना रकम मागिनु कानुनी तथा संवैधानिक अधिकारको उल्लङ्घन हो।

    पत्रमा भनिएको छ, “रीतपूर्वक पुनरावलोकनको प्रक्रिया विचाराधीन रहँदा प्रक्रिया नै रद्द गरेर अल्टिमेटम दिनु कानुन विपरीत हो। समानताको हक उद्योगी र व्यवसायी माथि लागु हुँदैन भन्ने हो र?”

    केपी ओली सरकार देखि सुरु भएको विवाद, पूर्वप्रधानमन्त्री केपी ओलीको नेतृत्वमा प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाए पछि केही उद्योगीलाई प्रशासनिक पुनरावलोकनमा जाने सुविधा दिइएको थियो। यसै क्रममा ४६ उद्योगीले पुनरावलोकनका लागि निवेदन दिएका थिए, जसमा ५ प्रतिशत बक्यौता बुझाएर प्रक्रिया अघि बढाइएको थियो।

    तर हाल अन्तरिम सरकारको ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङले यो सुविधा खारेज गर्दै कात्तिक २ गतेसम्मको अल्टिमेटम दिएका थिए।

    कतिपय उद्योगले तिर्न थाले किस्ता

    बक्यौता तिर्न सुरु गर्ने उद्योगहरूमा केही नाम उल्लेखनीय छन्ः

    सम्राट सिमेन्ट, कुल ३ करोड ७७ लाख बक्यौता, ४ किस्ता तिरेपछि रोकिएको किस्ता पुनः सुरु

    रोल्पा सिमेन्ट, ९९ लाख १२ हजारको बक्यौता, ५ किस्ताको रकम एकैपटक बुझाउँदै नियमित किस्तामा फर्किएको

    नव नेपाल प्लास्टिक, १२ किस्ताको १ लाख २३ हजार बुझाएर बक्यौता चुकत

    अन्य उद्योगहरूः हुलास स्टील, १४ करोड १२ लाख बक्यौता, किस्ताबन्दीमा भुक्तानी सुरु

    अशोक स्टील, १७ करोड ५८ लाख बक्यौता, ६३ लाख पहिलो किस्ता तिरियो

    हामा आइरन, ५ करोड ८५ लाख बक्यौता, २० लाख ९० हजार तिरियो

    लक्ष्मी स्टील, ८४ लाख ९८ हजार किस्ताबन्दीमा तिरियो

    सर्बोत्तम सिमेन्ट, ४० लाख बुझायो

    अब के हुन्छ? विद्युत प्राधिकरणको अबको निर्णयलाई लिएर उद्योगीहरूमाझ अन्योल छ। प्राधिकरणको भनाइमा, कानून अनुसार टिओडी डाटा माग गर्ने उद्योगहरूको माग समीक्षा योग्य छ तर प्रक्रिया अवरोध गर्ने शैली अस्वीकार्य छ।

    आगामी दिनमा लाइन काट्ने कि कानुनी प्रकृया अघि बढाउने भन्ने निर्णय छलफल पछि हुने बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend