images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • विद्युत प्राधिकरणले दियो उद्योगलाई लाइन काट्ने...

विद्युत प्राधिकरणले दियो उद्योगलाई लाइन काट्ने चेतावनी

विद्युत प्राधिकरणले दियो उद्योगलाई लाइन काट्ने चेतावनी

images
images
आइतवार, कार्तिक २ २०८२
आइतवार, कार्तिक २ २०८२
  • काठमाडौँ । कातिक २, नेपाल विद्युत प्राधिकरणले तोकेको २१ दिनको समयसीमा सकिन लाग्दा ट्रंक लाइन र डेडिकेटेड फिडर मार्फत विद्युत लिएका आठ उद्योगले प्रिमियम महसुलको बक्यौता तिर्न थालेका छन्।

    images
    images

    प्राधिकरणले गत असोज १२ गते सार्वजनिक सूचना जारी गर्दै २१ दिनभित्र बक्यौता तिर्न ताकेता गरेको थियो, जसको म्याद कात्तिक २ गते सकिँदै छ।

    हालसम्म सिमरास्थित हामा आइरन एण्ड स्टील, अशोक स्टील, हुलाश स्टील, परासीस्थित लक्ष्मी स्टील र सर्बोत्तम सिमेन्ट, लमहीको सम्राट सिमेन्ट, रोल्पाको रोल्पा सिमेन्ट तथा नयाँमिलस्थित नव नेपाल प्लास्टिक उद्योगले बक्यौता तिर्न सुरु गरेका हुन्।

    images
    images

    हामा आइरन एण्ड स्टीलले ५ करोड ८५ लाख रुपैयाँमध्ये पहिलो किस्तामा २० लाख ९० हजार रुपैयाँ बुझाएको छ। अशोक स्टीलले १७ करोड ५८ लाख रुपैयाँ २६ किस्तामा चुक्ता गर्ने सहमतिअनुसार पहिलो किस्ताको ६३ लाख रुपैयाँ तिरेको छ।

    हुलाश स्टीलले १४ करोड १२ लाख रुपैयाँ बक्यौता २८ किस्तामा तिर्ने योजना अनुसार पहिलो किस्तामा ५० लाख ४३ हजार बुझाएको छ।

    यसअघि किस्ताबन्दी मार्फत तिर्न थालेको लक्ष्मी स्टीलले ८४ लाख ९५ हजार रुपैयाँ तिरेको छ भने सर्बोत्तम सिमेन्टले ४० लाख रुपैयाँ किस्ताबापत बुझाएको प्राधिकरणले जनाएको छ।

    किस्ता रोकिएका उद्योगमध्ये सम्राट सिमेन्टले पाँच महिनाको किस्ता ५३ लाख ९६ हजार एकैचोटि तिरेर पुनः नियमित किस्ता तिर्ने बताएको छ। रोल्पा सिमेन्टले पनि पाँच किस्ताको १७ लाख ७० हजार रुपैयाँ तिरेको छ। नव नेपाल प्लास्टिकले भने १२ किस्ता बराबरको १ लाख २३ हजार रुपैयाँ तिरेर सम्पूर्ण बक्यौता चुक्ता गरेको छ।

    विद्युत प्राधिकरणका अनुसार अन्य ठूला उद्योगहरू अझै सम्पर्कमा नआएकोले अब बक्यौता नतिर्ने उद्योगहरूको लाइन काट्ने तयारी भएको छ।

    प्राधिकरणले समयमै भुक्तानी नगर्ने उद्योगहरू माथि कडा कदम चालिने स्पष्ट पार्दै सबैलाई तोकिएको समयसीमा भित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend